मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कांग्रेसमा ४४ हजार युवाले पाए जिम्मेवारी, एक लाख युवा बने उम्मेदवार

कांग्रेसमा ४४ हजार युवाले पाए जिम्मेवारी, एक लाख युवा बने उम्मेदवार

images
२०८३ आश्विन १२ गते, सोमवार
२०८३ आश्विन १२ गते, सोमवार
  • काठमाडौँ। नेपालमा राजनीतिक दलहरुको इतिहासमै पहिलो पटक नेपाली कांग्रेसको १५औ महाधिवेशन मार्फत देशभरी झण्डै ४४ हजार युवा नेतृत्वमा आएका छन्।

    images

    कांग्रेसको नयाँ वैधानिक व्यवस्था अनुसार ३५ बर्ष मुनिका झण्डै ४४ हजार युवाले पार्टीको पदिय जिम्मेवारी नै पाएको कांग्रेसको विधान मस्यौदा समितिका सदस्यसचिव प्रताप पौडेलले जानकारी दिए।

    images

    उनले नेपालका कुनै पार्टीमा एकै पटक यति धेरै युवाले पदिय जिम्मेवारी नै पाएको इतिहासमै पहिलो पटक भएको दावीसमेत गरे।

    नयाँ विधानमा हरेक वडाबाट ३५ बर्ष मुनिका एक महिलासहित कम्तीमा ती युवालाई क्षेत्रीय प्रतिनिधि निर्वाचित गराउनु पर्ने व्यवस्था रहेकाले ६ हजार ७४३ वडाबाट कम्तीमा तीन जनाको दरले २० हजार २२९ जना निर्वाचित भएका छन्।

    तर हरेक वडामा क्रियाशिल सदस्य संख्याका आधारमा कम्तीमा तीन जनादेखि बढीमा सात जना सम्म निर्वाचित हुन सक्ने व्यवस्था छ। सो अनुसार औसतमा ५ जना निर्वाचित हुंदा ३३ हजार ७१५ जना ३५ बर्ष मुनिका युवा क्षेत्रीय प्रतिनिधिका रुपमा निर्वाचित भएका छन्।

    त्यसैगरी हरेक गाउँपालिकाको वडामा एक जना र नगरपालिकाको वडामा दुई जनाका दरले कार्यसमिति सदस्यमा निर्वाचित हुने व्यवस्था छ।

    नेपालमा अहिले गाउँपालिका तर्फ ३ हजार २१५ वडा रहेका छन् भने नगरपालिका तर्फ ३ हजार ५२८ वडा रहेका छन्। त्यसैले गाउँपालिकाको वडामा ३ हजार २१५ जना वडा सदस्य निर्वाचित भएका छन् भने नगरपालिका तर्फका वडाहरुमा ३ हजार ५२८ मा दुई जनाको दरले ७ हजार ५६ जना युवा वडा सदस्यमा निर्वाचित भएका छन्।

    यसरी कुल क्षेत्रीय प्रतिनिधि ३३ हजार ७१५ जना र वडा सदस्य १० हजार २७१ जना गरी कुल ४३ हजार ९८६ जना युवाले पदिय जिम्मेवारी लिएका छन्।

    ती पदमा निर्वाचित हुन कम्तीमा दोब्बर संख्यामा प्रतिश्पर्धीहरु रहेकाले कांग्रेसको अधिवेशनमा झण्डै एक लाख युवाले महाधिवेशनमा प्रतिश्पर्धा गरेको नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालले जानकारी दिए।

    कटुवालका अनुसार तीनै क्षेत्रीय प्रतिनिधिहरुबाट गाउँपालिका तथा नगरपालिकाको कार्यसमितिमा एक महिलासहित कम्तीमा ३ जना चयन भइसकेका छन् भने प्रदेश निर्वाचन क्षेत्रमा एक जना, संघीय निर्वाचन क्षेत्रको कार्यसमितिमा २ जना र जिल्ला कार्यसमितिमा एक महिलासहित तीन जना कार्यसमितिमा निर्वाचित हुदैछन्।

    त्यसैगरी तीनै क्षेत्रीय प्रतिनिधिहरु मध्येबाट हरेक निर्वाचन क्षेत्रबाट कम्तीमा एक महिलासहित ३ जनाको दरले देशभरीबाट ४९५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि र एक एक जनाको दरले १६५ जना महासमिति सदस्य चयन हुन लागेको पनि निर्वाचन समितिका सदस्य सचिव कटुवालले जानकारी दिए।

    नयाँ विधान अनुसार हरेक निर्वाचन क्षेत्रबाट एक महिलासहित २ जना प्रदेश प्रतिनिधि हुने छन भने सातै प्रदेशमा दुई महिलासहित कम्तीमा ५ जना प्रदेश कार्यसमिति सदस्य हुनेछन्।

    केन्द्रीय कार्यसमितिमा पनि पहिलो पटक हरेक प्रदेशबाट एक युवा र एक युवतीसहित कुल १४ जना युवा प्रवेश गर्ने भएका छन्।

    पार्टीमा यती ठूलो संख्यामा युवाहरुले पदिय जिम्मेवारी नै लिएको र एक लाखभन्दा बढीले उम्मेदवारी दिएर प्रतिश्पर्धा गरेकोले कांग्रेसको संगठनमा युवाको संख्या वढेको विधान मस्यौदा समितिका सदस्य सचिव पौडेलले बताए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend