मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

प्रसुति गृहको सेवा कुपन्डोलको नयाँ भवनबाट पनि

प्रसुति गृहको सेवा कुपन्डोलको नयाँ भवनबाट पनि

images
२०८१ मंसिर १७ गते, सोमवार
२०८१ मंसिर १७ गते, सोमवार
  • काठमाडौं। परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालले कुपण्डोलस्थित नयाँ भवनबाट स्त्रीरोग उपचार सेवा सुरु गरेको छ।

    images

    नयाँ भवनमा यसअघि सुरक्षित गर्भपतन सेवालगायत सेवा सञ्चालन भइरहेकोमा अस्पतालले स्त्रीरोगको बहिरङ्ग सेवा पनि सुरुवात गरेको हो।

    images

    नयाँ भवनको भूइँ तल्लामा सोधपुछ कक्ष, टिकट काउन्टर, औषधि बिक्री कक्ष, ओपिडी, भिडियो–एक्सरे, प्रयोगशालाको सुविधा रहेको छ भने पहिलो तल्लामा सुरक्षित गर्भपतन सेवा, परिवार नियोजन सेवा सुविधा रहेको छ। साढे पाँच तल्लाको भवनको माथिल्लो तल्लामा छात्रावास रहेको छ।

    अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले आइतबारदेखि नयाँ भवनबाट आंशिक रुपमा स्त्रीरोगको बहिरङ्ग सेवा सुुरु गरेको जानकारी दिए।

    “निःसन्तान तथा सुरक्षित गर्भपतन सेवा हामीले यसअघि सुरु गरिसकेका छौं। हाललाई स्त्रीरोगको ओपिडी सेवा सुरु गरेका हौं।”उनले भने।

    अस्पतालले यो नयाँ सेवाबाहेक निःसन्तान उपचारलगायत गर्भपतन सेवा गत असार १६ गतेदेखि सञ्चालन गरेको थियो।

    डा अधिकारीका अनुसार थप स्रोत साधनको व्यवस्था भए अस्पतालले भविष्यमा थापाथलीबाट दिइरहेको स्त्रीरोगको सम्पूर्ण सेवा नयाँ भवनबाट दिइनेछ।

    “अहिले सेवा सुरुवात मात्र गरेका छौं,  बिरामीको चाप हेरेर सेवा विस्तार गर्दै लान्छौं, उपकरणहरु थप्नुपर्नेछ, स्रोत साधन थप्नका लागि स्वास्थ्य मन्त्रालयले सहयोग गर्ने अठोट गरेको छ, व्यवस्थापन भएमा सम्पूर्ण सेवा यतै सार्ने छौं।” अस्पतालका निर्देशक अधिकारीले भने।

    आगामी दिनमा यही भवनबाट विशिष्टीकृत सेवा पनि सुरु गर्ने लक्ष्य रहेको डा अधिकारीको भनाइ छ। पाठेघर क्यान्सर, पिसाब चुहिने समस्यालगायत विभिन्न विशिष्टीकृत सेवा सुरु गर्ने लक्ष्य रहेको उनले जानकारी दिएका हुन।

    नयाँ भवनबाट सेवा दिन थालिएपछि थापाथलीको मुख्य भवनमा सेवाग्राहीको चाप घट्ने र सेवा थप सहज हुने विश्वास गरिएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend