काठमाडौं। काठमाडौँमा जारी `डिजिटल राइट्स फेस्टिवल´ अन्तर्गत सोमबार विभिन्न बिषयमा छलफल भैरहेको छ।
काठमाडौंको पार्कभिलेज रिसोर्टका विभिन्न तीन फरक स्थानमा इन्टरनेटको प्रयोग र सुरक्षासहितका विषयमा छलफल जारी छ। छलफलको सत्रमा सोमबार अपांगता भएका ब्यक्तिले कसरी इन्टरनेटका माध्यमको प्रयोग गर्दछन भन्ने विषयमा बहस भैरहेको छ।
सो सत्रमा डीजीटल एक्सीसीविलीटीमा काम गर्दै आएका अभियनता सागर प्रसाईंले अपांगता भएका ब्यक्तिसम्म कसरी पहुँचयुक्त सुचना पुर्याउने भन्ने विषयमा आफ्नो धारणा राखेका छन।
उनले विभिन्न किसिमका अपांगता भएका ब्यक्तिहरुले कसरी कम्प्युटर प्रयोग गर्दछन भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका छन। सो सत्रमा उनले लेखेर वा फोटोका माध्यमबाट मात्र नभएर एउटै सुचनालाई विभिन्न माध्यमबाट प्रसार गर्दा त्यसले सबैको पहुँच स्थापित गर्ने बताए।
नेपालमा ६ लाखभन्दा बढी अपांगता भएका ब्यक्तिहरु रहेको भन्दै उनले ४ देखि ५ लाख ब्यक्ति विभिन्न किसिमका इन्टरनेटका माध्यमको प्रयोग गर्ने गरेको उनले जानकारी दिए।
`कुनै पनि विषयको सुचना वा जानकारी दिंदा वान वे हुनुभएन, सबै पक्षलाई समेटेर सुचनाको पहुँचलाई सबैमम्म पुर्याउनु पर्दछ,´ प्रसाईंले भने।
कार्यक्रममा इन्टरनेट गभर्नेन्स र ईको सिस्टमबारे पनि बृहत् छलफल जारी छ। डिजिटल माध्यमका बहुआयामिक पक्षबारे छलफल गर्न आइतबारदेखि बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा`डिजिटल राइट्स फेस्टिवल´ सुरु भएको थियो।
डिजिटल फ्रिडम कोलिसनको आयोजना र इन्टरनेट गभर्नेन्स इन्स्टिच्युटको संयोजनमा भएको फेस्टिवल अन्तर्गत ईन्टरनेटको नियमन, नेपालको अवधारणा र विश्व परिवेशका सन्दर्भमा धारणाहरु आइरहेका छन।
फेस्टिभल अन्तर्गत सामाजिक सञ्जाल सम्बन्धी प्रस्तावित कानुनी व्यवस्था, अन्तर्राष्ट्रिय अभ्यास, नेपालको चुनौतीहरू, एआइको अवसर र सम्भावना, इन्टरनेट माध्यममा महिला, बालबालिका र अपाङ्गता भएका ब्यक्ति लगायत विभिन्न समुदायकाको अधिकारका विषयमा छुट्टाछुट्टै छलफल जारी छ।
फेस्टिवलका लागि देशभरबाट सहभागीहरू छनोट गरिएको छ भने झन्डै ४० जना विषय विज्ञहरुलाई वक्ताका रुपमा आमन्त्रण गरिएको अध्यक्ष बाबुराम अर्यालले जानकारी दिए। कार्यक्रमका लागि विदेशबाट समेत वक्ताहरु सहभागी भएका छन।



