मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

प्रधानमन्त्री स्वदेश फिर्ता, कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा विमानस्थलमा स्वागत

प्रधानमन्त्री स्वदेश फिर्ता, कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा विमानस्थलमा स्वागत

images
२०८३ आश्विन १० गते, शनिवार
२०८३ आश्विन १० गते, शनिवार
  • काठमाडौँ। संयुक्त राष्ट्र संघको ८१ औँ महासभामा भाग लिएर प्रधानमन्त्री वालेन्द्र शाह स्वदेश फर्किएका छन्।

    images

    उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री डा.स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ, संस्कृति, पर्यटन तथा नागरिक उड्यायन मन्त्री खडकराज पौडेल लगायतले स्वागत गरेका हुन्।

    images

    प्रधानमन्त्री शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत असोज ६ गते मंगलबार न्युयोर्क प्रस्थान गरेका थिए।

    कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका प्रधानमन्त्री शाहले गत असोज ९ गते शुक्रबार बिहान संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटवार्ता गरेका थिए।

    त्यसलगत्तै उनले संयुक्त राष्ट्रसङ्घको महासभालाई नेपालको तर्फबाट सम्बोधन गरेका थिए।

    ​भ्रमणका क्रममा न्युयोर्कस्थित नेपाली स्थायी नियोगमा आयोजित विभिन्न ब्रिफिङ तथा औपचारिक स्वागत समारोहमा सहभागी भएका प्रधानमन्त्री शाह न्युयोर्कबाट दोहा हुँदै काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केहिबेर अघि अवतरण गरेका हुन्।

    भ्रमणबारे परराष्ट्र मन्त्रालयले प्रेस ब्रिफिङ गर्दैछ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend