काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको अग्रसरतामा विराटनगर र बेलबारीमा आयोजना हुन लागेको स्थानीय तहका सभापतिहरुको भेला नेपाली कांग्रेसको केन्द्रीय कार्यालयले पत्र पठाएरै रोक्न निर्देशन दिएको छ।
कोइराला पक्षले कोशी प्रदेशको विराटनगर र बेलबारीमा मंसिर १८ र १९ गते प्रदेश भित्रका स्थानीय तहका सभापतिहरुको भेला राखेका थिए। सो कार्यक्रममा आफू निकट जिल्ला सभापति, क्षेत्रीय सभापतिहरुलाई समेत डाकिएको थियो।
तर कांग्रेस केन्द्रीय कार्यालयले भने २२ गते निर्धारित स्थानीय तहका सभापतिहरुको भेला बाहेक अन्य कुनै कार्यक्रम नरहेको भन्दै केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले कोशीका सबै जिल्ला सभापतिलाई पत्र पठाएका छन।
पौडेलले सोमबार कोशी प्रदेशका जिल्ला सभापतिलाई पत्र पठाउँदै २२ गते पुर्व अन्य कुनै पनि कार्यक्रम आयोजना नगरिएको भनेका छन।



