डोल्पा। नेपाल रेडक्रस सोसाइटी तथा सुर्खेत आँखा अस्पतालको प्राविधिक सहयोगमा डोल्पा जिल्लामा आयोजना गरिएको नि:शुल्क आँखा शल्यक्रिया शिविरबाट १४ सय ६७ जनाले सेवा लिएका छन्।।
डोल्पा जिल्लाको ठुली भेरी नगरपालिकाको आयोजना, च्यारिटी हेल्थ फाउण्डेशन र आई केयर फाउण्डेशनको आर्थिक सहयोगमा भएको शिविरमा ६ सय ३१ जनाको आँखा जाँच गरिएको थियो। जसमध्ये ४० जनाको मोतियाविन्दुको अपरेशन र ५ जनाको सानो अपरेशन गरिएको छ।
यस्तै त्रिपुरासुन्दरी नगरपालिकाको आयोजना र च्यारिटी हेल्थ फाउण्डेशनको आर्थिक सहयोगमा भएको शिविरमा ८ सय ३६ जनाले आँखा जाँच गराएका थिए। जसमध्ये ३० जनाको मोतियाविन्दुको अपरेशन र १५ जनाको सानो अपरेशन गरिएको थियो।
नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पतालले शिविरमार्फत ग्रामीण भेगसम्म आखाँ उपचार सेवा पुर्याउँदै आएको जनाएको छ।




