मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनको मस्यौदामा राय–सुझाव माग

खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनको मस्यौदामा राय–सुझाव माग

images
२०८३ आश्विन ८ गते, बिहिवार
२०८३ आश्विन ८ गते, बिहिवार
  • काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा सर्वसाधारणको राय तथा सुझाव माग गरेको छ।

    images

    मन्त्रालयले विधायन ऐन, २०८१ को दफा ६ बमोजिम संशोधन विधेयकको मस्यौदा सार्वजनिक गर्दै सर्वसाधारण, सरोकारवाला तथा सम्बन्धित पक्षबाट राय तथा सुझाव मागेको हो।

    images

    नेपाल सरकारको कार्य विभाजन नियमावली, २०८३ अनुकूल हुने गरी ऐनका केही व्यवस्था संशोधन तथा थप स्पष्ट गर्नुपर्ने आवश्यकता देखिएपछि संशोधन विधेयकको मस्यौदा तयार गरिएको मन्त्रालयले जनाएको छ।

    प्रस्तावित संशोधनमा खाद्य स्वच्छताको परीक्षण तथा अनुगमनका क्रममा अखाद्य पदार्थ वा न्यून गुणस्तरका खाद्य पदार्थ बिक्री तथा वितरण गरेको पाइएमा तत्काल जरिवाना गर्न सकिने व्यवस्था गर्ने प्रस्ताव गरिएको छ।

    खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुनी व्यवस्था थप प्रभावकारी र कार्यान्वयनयोग्य बनाउने उद्देश्यले उक्त व्यवस्था प्रस्ताव गरिएको मन्त्रालयले जनाएको छ।

    मन्त्रालयले मस्यौदामाथि कुनै राय वा सुझाव भए २०८३ असोज १४ गतेभित्र मन्त्रालयको कानून शाखाको इमेलमार्फत पठाउन अनुरोध गरेको छ। प्राप्त राय तथा सुझावलाई आवश्यकताअनुसार समेटी संशोधन विधेयकको मस्यौदालाई थप परिमार्जन गरिने मन्त्रालयले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend