मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

भोटेकोशी बाढी

१ हजार ४५३ शव फेला, पहिचानका लागि ३ हजार ३६४ जनाको डिएनए सङ्कलन

१ हजार ४५३ शव फेला, पहिचानका लागि ३ हजार ३६४ जनाको डिएनए सङ्कलन

images
२०८३ आश्विन ८ गते, बिहिवार
२०८३ आश्विन ८ गते, बिहिवार
  • काठमाडौँ। भोटेकोशी बाढीपछि मृत्यु भएका मध्ये हालसम्म १ हजार ४५३ जनाको शव फेला परेको छ। 

    images

    नेपाल प्रहरीले बिहीबार बिहान सार्वजनिक गरेको विवरणअनुसार भोटेकोशी बाढीमा परेर मृत्यु भएका मध्ये हालसम्म १ हजार ४५३ जनाको शव फेला परेको हो। प्रहरीका अनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट १ हजार ४५१ जनाको शव फेला परेको हो। यस्तै अन्य दुईको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको थियो।

    images

    प्रहरीका अनुसार रसुवामा २३६, नुवाकोटमा २०४, धादिङमा ७२, चितवनमा ३६८, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको हो।

    बाढीपछि ठुलो सङ्ख्यामा मानिस सम्पर्कविहीन रहेकाले ४ हजार ७१८ जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

    उद्धार तथा खोजी अभियानसँगै शव पहिचान र व्यवस्थापनको कामलाई पनि तीव्रता दिइएको प्रहरीको भनाइ छ। फेला परेका शवको पहिचानका लागि मृतक तथा आफन्तबाट हालसम्म ३ हजार ३६४ वटा डिएनए नमुना सङ्कलन गरिएको छ।

    तीमध्ये मृतकका १ हजार ३२९ र आफन्तका २ हजार ३५ वटा नमुना छन्। डिएनए परीक्षणसहित आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार ३३३ शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।

    पहिचान हुन बाँकी १ हजार ४२१ शव

    नेपाल प्रहरीका अनुसार पहिचान हुन बाँकी १ हजार ४२१ शवको विवरण वेबसाइटमा सार्वजनिक गरिएको छ। शव पहिचानका लागि आफन्तबाट प्राप्त विवरण, हुलिया, कागजात तथा डिएनए नमुनालाई आधार बनाइएको प्रहरीले जनाएको छ।

    यसैबिच, बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण, शव व्यवस्थापन र अन्य विपद् प्रतिकार्यका लागि नेपाल प्रहरीका तर्फबाट ७ हजार ९७५ कर्मचारी परिचालन गरिएको छ।

    प्रभावित क्षेत्र तथा विभिन्न खोजीस्थलमा सुरक्षाकर्मी परिचालन गरी बेपत्ताको खोजी, शवको खोज तथा व्यवस्थापन र विस्थापितलाई सहयोग गर्ने कार्यलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ।

    उद्धार गरिएका तथा जोखिमयुक्त क्षेत्रबाट स्थानान्तरण गरिएका व्यक्तिमध्ये एक हजार २८० जनालाई विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा राखिएको प्रहरीले छ। उनीहरूको व्यवस्थापन, पहिचान तथा सम्बन्धित परिवारसँग सम्पर्क गराउने कामसमेत भइरहेको छ।

    बाढीपछिको प्रतिकार्यमा खोज तथा उद्धारसँगै बेपत्ताको खोजी, शव पहिचान, डिएनए परीक्षण र सुरक्षित व्यवस्थापन मुख्य चुनौतीका रूपमा देखिएको प्रहरीले जनाएको छ।

    ठुलो क्षेत्र प्रभावित भएकाले विभिन्न सुरक्षा निकाय तथा स्थानीय संयन्त्रबीच समन्वय गरी खोजी अभियान सञ्चालन भइरहेको प्रहरीको भनाइ छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend