मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

प्रधानमन्त्री ओली चीन प्रस्थान : विमानस्थल ४० मीनेट बन्द, विमान आकाशमै होल्ड

प्रधानमन्त्री ओली चीन प्रस्थान : विमानस्थल ४० मीनेट बन्द, विमान आकाशमै होल्ड

images
२०८१ मंसिर १७ गते, सोमवार
२०८१ मंसिर १७ गते, सोमवार
  • काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणका लागि प्रस्थान गरेका छन। प्रधानमन्त्री ओली हिमालयन एयरलाइन्सको विमानमार्फत सोमबार चीन प्रस्थान गरेका हुन।

    images

    प्रधानमन्त्री चीन भ्रमणमा जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब ४० मिनेट विमानस्थल बन्द भएको छ।

    images

    प्रधानमन्त्री ओली ११ बजेर ५ मिनेटमा हिमालय एयरलाइन्सको जहाजमार्फत चीन उडेका थिए।

    उनी उड्नुअघि र पछि विमानस्थल आधा घण्टा बन्द गर्ने भनिए पनि करिब ४० मिनेट अन्य उडान अवतरण भएनन्। नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार १० बजेर ३५ मिनेटमा विमानस्थल बन्द गरिएको थियो।

    बन्द भएको विमानस्थल खुलेपछि ११ बजेर २३ मिनेटमा श्री एयरलाइन्सको नेपालगन्जबाट आएको जहाज अवतरण गरेको छ। सो जहाज हेटौँडामाथिको आकाशमा करिब ४० मिनेटसम्म होल्ड भएको थियो।

    प्रधानमन्त्रीको उडानका कारण नेपालगञ्जबाटै आएको बुद्ध एयरको जहाज, छेन्दुबाट आएको सिचुवान एयरलाइन्सको विमान र क्वालालम्पुरबाट आएको मलेसिया एयरलाइन्सको विमान लामो समय आकाशमा नै होल्ड भएको प्राधिकरणले बताएको छ। प्रधानमन्त्री ओली भ्रमणमा गएपछि क्रमश ती विमान अवतरण गर्दै छन।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend