मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

स्थानीय तह उपनिर्वाचन : कसले कहाँ जिते?

स्थानीय तह उपनिर्वाचन : कसले कहाँ जिते?

images
२०८१ मंसिर १७ गते, सोमवार
२०८१ मंसिर १७ गते, सोमवार
  • काठमाडौं। आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको मतगणना जारी रहेको छ। निर्वाचन आयोगका अनुसार सोमबार बिहानको अध्यावधिक विवरणअनुसार वडातर्फ नेपाली कांग्रेसले सर्वाधिक १५ स्थानमा विजय हासिल गरेको छ।

    images

    यस्तै नेकपा एमालेले ५, नेकपा माओवादी केन्द्रले ६, जसपा नेपालले २, एकीकृत समाजवादीले १, राष्ट्रिय स्वतन्त्र पार्टीले १, नेमकिपाले १ र स्वतन्त्र उम्मेदवारले एक स्थानमा विजय हासिल गरेका छन्।

    images

    यसैगरी गाउँपालिकामा दैलेखको महाबु गाउँपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन्।

    यस्तै जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन।माओवादी केन्द्रकी उम्मेदवार देवका लामिछाने ४२ सय ७२ मतका साथ विजयी भएकी हुन्। 

    उनले कांग्रेसकी उम्मेदवार इन्द्र चन्द सिंहलाई पराजित गर्दै विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ।

    मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा पनि माओवादी केन्द्रका उम्मेदवार नमोनारायण माझी विजयी भएका छन। 

    अन्तिम परिणाम अनुसार कांग्रेसका उम्मेदवार बलराम सरदार थारुलाई पराजित गर्दै थारु विजयी बनेका हुन।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend