मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

मन्त्री सिता बादी र आईएफआरसी क्षेत्रीय निर्देशकबीच राहतसँगै सुरक्षित पुनःस्थापनामा बारे छलफल

मन्त्री सिता बादी र आईएफआरसी क्षेत्रीय निर्देशकबीच राहतसँगै सुरक्षित पुनःस्थापनामा बारे छलफल

images
२०८३ आश्विन ७ गते, बुधवार
२०८३ आश्विन ७ गते, बुधवार
  • काठमाडौँ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको महासंघ (IFRC) का एशिया प्रशान्त क्षेत्रीय निर्देशक अलेक्जेन्डर म्याथ्युबीच भेटवार्ता भएको छ।

    images

    मन्त्रालयमा बुधबार भएको भेटवार्तामा हालै रसुवा, नुवाकोट तथा आसपासका क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, संरक्षण तथा पुनःस्थापनालाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।

    images

    भेटवार्तामा भएको छलफलमा विशेषगरी बाढीबाट प्रभावित महिला, बालबालिका तथा अन्य संवेदनशील समूहको सुरक्षा, संरक्षण र अधिकार सुनिश्चित गर्ने विषयलाई प्राथमिकतामा राखिएको थियो।

    मन्त्री सिता बादीले विपद्को कठिन समयमा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा IFRC ले प्रभावित समुदायका लागि गर्दै आएको मानवीय सहयोगप्रति नेपाल सरकारका तर्फबाट धन्यवाद व्यक्त गरिन।

    उनले विपद्का बेला तत्काल राहत उपलब्ध गराउनुका साथै प्रभावित नागरिकको स्वास्थ्य, सुरक्षा, मनोसामाजिक सहयोग र सुरक्षित पुनःस्थापनालाई पनि समान प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिइन्।

    आईएफआरसीले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा बाढी प्रभावित क्षेत्रमा आश्रय, खाद्य सहयोग, खानेपानी तथा सरसफाइ, स्वास्थ्य तथा मोबाइल स्वास्थ्य सेवा र मनोसामाजिक सहयोगलगायतका क्षेत्रमा मानवीय सहायता उपलब्ध गराउँदै आएको छ।

    भेटमा यस्ता सहयोगलाई अझ व्यवस्थित, समन्वित र आवश्यकता भएका समुदायसम्म प्रभावकारी रूपमा पुर्‍याउने विषयमा समेत छलफल भएको थियो।

    मन्त्री बादीले विपद्को प्रभाव महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य संवेदनशील समूहमा थप गम्भीर पर्न सक्ने भएकाले उनीहरूको विशेष आवश्यकता सम्बोधन हुने गरी संरक्षण तथा पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताइन्।

    उनले सरकार, स्थानीय तह, नेपाल रेडक्रस सोसाइटी तथा अन्तर्राष्ट्रिय मानवीय साझेदारबीचको सहकार्य र समन्वयलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिइन्।

    भेटवार्तामा विपद्को तत्कालीन प्रतिकार्यदेखि प्रभावित नागरिकको पुनःस्थापनासम्म मानवीय सहयोगलाई थप प्रभावकारी बनाउने, संरक्षणको आवश्यकता भएका समूहलाई प्राथमिकतामा राख्ने तथा आगामी दिनमा समेत सरकार र अन्तर्राष्ट्रिय मानवीय साझेदारबीच सहकार्यलाई निरन्तरता दिने विषयमा सकारात्मक छलफल भएको बताइएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend