मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

भारी वर्षाको सम्भावित प्रभावप्रति सतर्क रहन नेपाल रेडक्रस सोसाइटीको आग्रह

भारी वर्षाको सम्भावित प्रभावप्रति सतर्क रहन नेपाल रेडक्रस सोसाइटीको आग्रह

images
२०८३ आश्विन ७ गते, बुधवार
२०८३ आश्विन ७ गते, बुधवार
  • काठमाडौँ। नेपालमा भारी वर्षाका कारण बाढी, पहिरो, डुबान तथा अन्य विपद्का घटना हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै नेपाल रेडक्रस सोसाइटीले गण्डकी र लुम्बिनी प्रदेशअन्तर्गतका आफ्ना सबै निकाय तथा संरचनालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। 

    images

    नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय आपत्कालीन कार्यसञ्चालन केन्द्र (EOC)  ले सम्भावित विपद्को जोखिम न्यूनीकरण तथा मानवीय क्षति कम गर्न सम्बन्धित प्रदेश, जिल्ला तथा स्थानीय तहका रेडक्रस निकायहरूलाई आवश्यक तयारी अवस्थामा रहन अनुरोध गरेको हो।

    images

    साथै नेपाल रेडक्रस सोसाइटीले सर्वसाधारणलाई मौसम तथा विपद्सम्बन्धी आधिकारिक सूचनामा ध्यान दिन, जोखिमयुक्त स्थानमा अनावश्यक आवतजावत नगर्न तथा बाढी, पहिरो र डुबानको जोखिम रहेका क्षेत्रमा आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।

    सम्भावित भारी वर्षाका कारण बाढी, पहिरो, डुबान, सडक अवरोध तथा अन्य विपद्का घटना हुनसक्ने भएकाले जोखिममा रहेका समुदायको अवस्थाबारे निरन्तर जानकारी लिन, स्थानीय तह तथा सरोकारवाला निकायसँग समन्वय गर्न र आवश्यकताअनुसार स्वयंसेवक परिचालनका लागि तयारी अवस्थामा रहनसमेत रेडक्रस निकायहरूलाई आग्रह गरिएको छ।

    केन्द्रीय आपत्कालीन कार्यसञ्चालन केन्द्रले मौसम तथा विपद्सम्बन्धी सूचनाको निरन्तर अनुगमन गर्दै सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिरहेको रेडक्रसले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend