मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

१ हजार ४ सय केजी किरा परेका खाद्य सामग्रीसहित गुदपाक र पुष्टकारी नष्ट

१ हजार ४ सय केजी किरा परेका खाद्य सामग्रीसहित गुदपाक र पुष्टकारी नष्ट

images
२०८३ आश्विन ७ गते, बुधवार
२०८३ आश्विन ७ गते, बुधवार
  • काठमाडौँ। काठमाडौँको चन्द्रागिरिस्थित एक पुष्टकारी उद्योगबाट ठुलो मात्रामा बजारमा पठाउन तयार गरिएको म्याद सकिएका तथा किरा परेका १ हजार ४ सय किलोग्राम खाद्य सामग्री नियन्त्रणमा लिइएको छ।

    images

    खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को कार्यान्वयनका क्रममा अनुगमन तिव्र बनाएको छ।

    images

    विभागका महानिर्देशक संजिवकुमार कर्णका अनुसार अनुगमनकै क्रममा विभागका खाद्य निरीक्षण अधिकारीहरु, चन्द्रागिरी नगरपालिका र प्रहरी प्रभाग, नैकापका प्रतिनिधि सहितको टोलीले मंगलबार बजारमा विक्री वितरणमा पठाउन तयार पारिएको अवस्थामा चन्द्रागिरी-१५ ढुंगेअड्डास्थित श्रीकृष्ण पुष्टकारी तथा गुदपाक भण्डारबाट ती खाद्य सामग्री नियन्त्रणमा लिएको हो।

    ती खाद्य सामग्रीमा १०० किलोग्राम गुदपाक, ५३५ किलोग्राम पुष्टकारी, गुदपाक र पुष्टकारी बनाउन प्रयोग हुने कच्चापदार्थ अन्तर्गत किरा परेका चिउरा १८ किलोग्राम, चकलेट २१० केजी, खुल्ला टुक्रा विस्कुट १०० केजी, किरा परेको भुटेको चना २२० केजी र चनाको पिठो २१० केजी तथा स्किम मिल्क पाडर ७ केजी रहेको विभागले बताएको छ। यी सामग्रीको मूल्य करिब २ लाख ६० हजार बराबरको रहेको र नष्ट गरिएको विभागले जानकारी दिएको छ।

    अनुगमन टोलीले उक्त उद्योगमा किरा परेको बदाम र ओट्स गुदपाक तथा पुष्टकारी बनाउन प्रयोग भएको पाइएको भनेको छ। म्याद नाघेका खाद्य पदार्थ तथा चकलेटलाई समेत पुन: अर्को लेबलिङ गरि प्याक गरेर विक्री गर्दै गरेको अवस्थामा अनुगमन टोलि पुगेको विभागले जनाएको छ।

    विभागले बजारमा पठाउन तयार पारिएको अवस्थामा ती खाद्य सामग्री नियन्त्रणमा लिइएको तथा सो उद्योगबाट खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ अनुसार नमूना संकलन गरि उद्योगबाट हुने उत्पादन तथा विक्रीवितरण रोक्का राखी शिलबन्दी गरी उक्त ऐन अनुसार कारबाही प्रकृया अगाडि बढाइएको जनाएको छ।

    उक्त उद्योगले विभागबाट खाद्य पदार्थ उत्पादन तथा विक्रीवितरणका लागि अनुमतिसमेत नलिएको पाइएको जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend