मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

यातायात व्यवसायी राष्ट्रिय महासंघले भन्यो : बिहीबारदेखि पाँच दिन राति र टाढाको यात्रा नगरौं

यातायात व्यवसायी राष्ट्रिय महासंघले भन्यो : बिहीबारदेखि पाँच दिन राति र टाढाको यात्रा नगरौं

images
२०८३ आश्विन ७ गते, बुधवार
२०८३ आश्विन ७ गते, बुधवार
  • काठमाडौं। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भोलि बिहीबारदेखि पाँच दिन लामो तथा रातिको यात्रा नगर्न अपील गरेको छ।

    images

    महासंघले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी सूचना तथा मौसम पूर्वानुमानलाई ध्यान दिँदै असोज ८ गतेदेखि १२ गतेसम्म पाँच दिन लामो यात्रा तथा रातको यात्रा नगर्न सार्वजनिक यात्रुवाहक तथा मालवाहक यातायातसम्बद्ध सबैमा विज्ञप्तिमार्फत आग्रह गरेको हो।

    images

    महासंघका महासचिव डेकनाथ गौतमद्वारा जारी विज्ञप्तिमार्फत देशभर भारी वर्षा, बाढी तथा पहिरोको जोखिम बढेकाले जोखिमयुक्त अवस्थामा सार्वजनिक तथा मालवाहक यातायात सञ्चालन नगर्न व्यवसायी तथा चालक–परिचालकलाई अपिल गरिएको हो।

    महासंघले अतिआवश्यक परेमा यात्रा गर्नुपुर्व बाटोको अवस्था जानकारी लिएर, मौसमको अवस्था बुझेर तथा स्थानीय निकाय तथा प्रहरीसँगको समन्वयमा मात्र यात्रा गर्न पनि आग्रह गरेको छ।

    महासंघले विशेषगरी अत्यन्त जरुरी नभई रातको समयमा यात्रा नगर्न, बाढी आउन सक्ने खोला, खहरे तथा नदी किनारका सडकबाट सावधानीपूर्वक यात्रा गर्न र जोखिममा रहेका स्थानमा बसोबास गर्ने व्यक्ति तथा परिवारलाई सुरक्षित स्थानमा सार्नसमेत आग्रह गरेको छ।

    यस्तै वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि १११५, विपद्मा सहयोग माग्न १२३४, नेपाल प्रहरीको १०० तथा सशस्त्र प्रहरी बलको १११४ मा सम्पर्क गर्न महासंघले अनुरोध गरेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend