मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

काठमाडौँमा तीन दिने `डिजिटल राइट्स फेस्टिवल´ : एआईको चर्चादेखि, कानुनको बहसहुँदै

काठमाडौँमा तीन दिने `डिजिटल राइट्स फेस्टिवल´ : एआईको चर्चादेखि, कानुनको बहसहुँदै

images
२०८१ मंसिर १६ गते, आइतवार
२०८१ मंसिर १६ गते, आइतवार
  • काठमाडौं। डिजिटल माध्यमका बहुआयामिक पक्षबारे छलफल गर्न आइतबारदेखि काठमाडौँमा तीन दिने `डिजिटल राइट्स फेस्टिवल´ सुरु भएको छ।

    images

    डिजिटल फ्रिडम कोलिसनको आयोजना र इन्टरनेट गभर्नेन्स इन्स्टिच्युटको संयोजनमा भएको फेस्टिवलको उद्घाटन राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले गरेका हुन।

    images

    उद्घाटन शत्रलाई सम्बोधन गर्दै मगरले संविधानले प्रत्याभूत गरेका ब्यक्तिको अधिकारहरुलाई इनटरनेटका माधमबाट कसरी सुरक्षित गर्ने भन्ने विषयमा बहस हुनु पर्ने आवश्यकता औंल्याए।

    ब्यक्तिको डाटालाई सुरक्षित राख्दै ईन्टरनेटको प्रयोगलाई व्यापक र ब्यवस्थित बनाइनु पर्ने भन्दै उनले नियामक निकायले स्वतन्त्रताको हकलाई जोगाउने तर्फ सोच्नु पर्नेमा जोड दिए।

    मगरले पछिल्लो समय मीसइन्फर्मेसन र डीसइन्फर्मेसन व्यापक बढेको भन्दै ब्यक्तिको अधिकारलाई सुरक्षित गरेर त्यस्ता कुरालाई कानुनद्वारा रोकथाम गर्न सकिने बताए।

    फेस्टिवलमा झन्डै एक दर्जन प्यानल छलफल हुने तय भएको कोलिसनका अध्यक्ष बाबुराम अर्यालले जानकारी दिए।

    फेस्टिभल अन्तर्गत सामाजिक सञ्जाल सम्बन्धी प्रस्तावित कानुनी व्यवस्था, अन्तर्राष्ट्रिय अभ्यास, नेपालको चुनौतीहरू, एआइको अवसर र सम्भावना, इन्टरनेट माध्यममा महिला, बालबालिका र अपाङ्गता भएका ब्यक्ति लगायत विभिन्न समुदायकाको अधिकारका विषयमा छुट्टाछुट्टै छलफल हुने कार्यतालिका छ।

    फेस्टिवलका लागि देशभरबाट सहभागीहरू छनोट गरिएको छ भने झन्डै ४० जना विषय विज्ञहरुलाई वक्ताका रुपमा आमन्त्रण गरिएको अध्यक्ष अर्यालले जानकारी दिए। कार्यक्रमका लागि विदेशबाट समेत वक्ताहरु सहभागी छन।

    कार्यक्रम अन्तर्गतको पहिलो प्यानल डीस्कसनमा नेपाली कांग्रेसका सांसद तथा पुर्व अर्थराज्यमन्त्री उदयशमशेर राणा सहभागी थिए। प्यानल डीस्कसनको एउटा शत्रमा उनले फरकफरक कामका लागि इन्टरनेटको प्रयोग व्यापक बन्दै गएको बताए।

    `तथ्यांकले नेपालको आइटी क्षेत्रको विकासमा उल्लेखनिय आर्थिक कारोबार भएको देखाएको छ, नेपालमा फरकफरक कामका लागि ब्यक्तिले इन्टरनेटको प्रयोग व्यापक रुपमा गरिरहेको पाइएको छ,´ राणाले आफ्ना कुरा राख्दै भने।

    उनले आगामी निर्वाचनमा सामाजिक संजाल र ईन्टरनेटको प्रयोगबाट हुने प्रचारप्रसार बढ्ने बताउँदै सोसल मिडिया प्लेटफर्म नै बिभाजित बनेर आउने सम्भावना भने रहेको बताए।

    सोही प्यानल डीस्कसनमा सहभागी नेकपा एमालेकी सचेतक सुनिता बरालले डीजिटल फ्लेटफर्मको प्रयोगले समस्यासमेत बढाएको पाइएको भन्दै सचेतना बढाउनु पर्ने बताइन।

    `डीजीटल प्लेटफर्ममा आएका सबै सामग्री ठिक छन त?,अहिलेकै अवस्थामा ठिक छैनन, त्यसलाई नियन्त्रणमा राख्न सचेतना बढाउँने नै हो,´ उनले भनिन।

    उनले ईन्टरनेटको माध्यमबाट चलाइने ब्यक्तिगत संजाललाई सामाजिक संजाल भन्ने कि डीजीटल प्लेटफर्म भन्ने भन्ने विषयमा समेत बहस हुनु पर्ने बताइन। बरालले डीजिटल माध्यमबाट हुने आर्थिक कारोबारमासमेत बेलाबेला प्रश्न उठ्ने गरेको र ब्यवस्थित तरिकाबाट भुक्तानी हुन नसकेकाले डीजीटल भुक्तानीमा गुनासो आइरहेको बताइन।

    अर्का सहभागी वक्ता संचार मन्त्रालयका आइटी सल्लाहकारका रुपमा कार्यरत डा सालिग्राम पराजुलीले देशमा जुनसुकै नीति बनाउदा पनि स्थायित्व हुने गरि बनाइनु पर्ने बताए। उनले संचार मन्त्रालयले ईन्टरनेटको माध्यमलाई ब्यवस्थित बनाउने गरेर काम गरिरहेकोसमेत बताए।

    अर्का प्यानलिस्ट इन्जिनियर दिपेश बिष्टले नेपालभरमा अहिले डिजिटल रुपमा आर्थिक कारोबार राम्रो भैरहेको भन्दै अब नेपालले डाटा एक्सेस प्लेटफर्ममा काम गर्नु पर्ने आवश्यकता रहेको औंल्याए।

    उनले ग्लोबल डिजिटल कम्प्याक्टबाट अघि बढ्नु पर्ने भन्दै अरुको डाटा प्रयोग गर्न उनको सहमति लिनै पर्ने ब्यवस्था हुनु पर्नेमा जोड दिए।

    तीन दिनसम्म चल्ने फेस्टिवलमा आइतबार नै अन्य प्यानल डीस्कसनहरुसमेत आयोजना गरिएको थियो। फेस्टिवल अन्तर्गत सोमबार र मंगलबारसमेत विभिन्न क्षेत्रमा कार्यरत ब्यक्तिहरुसँग प्यानल डीस्कसन हुनेछ।

    फेस्टिवलमार्फत डिजिटल माध्यमको प्रयोग र ब्यवस्थापनका सवालमा अवधारणा प्रस्तुत गर्ने आयोजक संस्थाले लक्ष्य राखेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend