मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त

बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त

images
२०८३ आश्विन ६ गते, मंगलवार
२०८३ आश्विन ६ गते, मंगलवार
  • काठमाडौं। बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समितिको सदस्य पदमा ६ जना नियुक्त भएका छन्।

    images

    स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३ को दफा ७ को उपदफा १ (च) र (ज) बमोजिम रिक्त सदस्य पदका लागि भएको अन्तर्वार्ताबाट योग्यताक्रमअनुसार सिफारिस भएका व्यक्तिहरूलाई अस्पतालको सञ्चालक समितिको सदस्य पदमा नियुक्त गरिएको जनाएको छ।

    images

    संचालक समितिको सदस्यमा नियुक्त हुनेमा रमिला शिल्पकार, सुरेन्द्र गौचन, शान्ति भुर्तेल, दिपेन्द्र दास, इशा प्रधान र डिल्लीराम भण्डारी छन्।

    नवनियुक्त सदस्यहरूले मंगलबार नै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र अस्पतालका अध्यक्ष प्रा. डा. योगेन्द्र प्रसाद सिंह समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend