मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

त्रिपुरेश्वरमा बस आगजनीमा परेका चालकको उपचारकै क्रममा निधन

त्रिपुरेश्वरमा बस आगजनीमा परेका चालकको उपचारकै क्रममा निधन

images
२०८३ आश्विन ६ गते, मंगलवार
२०८३ आश्विन ६ गते, मंगलवार
  • त्रिपुरेश्वरमा बस आगजनीमा परेका चालकको उपचारकै क्रममा निधन

    images


    काठमाडौँ। त्रिपुरेश्वरमा सोमबार बसमा आफैँले आगजनी गरेर घाइते भएका भनिएका चालकको निधन भएको छ।

    images

    बसमा फेला परेको सवारी चालक अनुमति पत्रमा उल्लेख नाम अनुसार २५ वर्षीय ती चालक दावा लामा भएको प्रहरी अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

    आगजनीपछि उनलाई प्रहरीले उद्धार गरि कीर्तिपुर बर्न अस्पताल पुर्याएका थिए। उनको उपचारका क्रममा सोमबार राति नै निधन भएको अस्पतालकि निर्देशक निजिना ताम्राकारले जानकारी दिइन्।

    अस्पतालकाका अनुसार घाइते चालकको शरीरको ९० प्रतिशत भाग जलेको थियो। सोमबार त्रिपुरेश्वरमा ट्राफिक प्रहरीसँग जरिवानाको विषयमा विवाद हुँदा उनले आफ्नो गल्ती नभएको भन्दै बरु मर्न तयार रहेको बताएका थिए।

    सो क्रममा भनाभन बढेपछि उनले रिद्धिसिद्धि यातायातको बा५ख ४२७४ नम्बरको बसका सबै यात्रुलाई बाहिर निकालेर बसमा आगजनी गरेका थिए। सो क्रममा उनी घाइते भएका थिए।

    घटनाको छानबिन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौं र उपत्यका प्रहरी कार्यालयले छुट्टाछुट्टै समिति गठन गरेको छ। 

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend