काठमाडौँ। नेपाली कांग्रेसको१५औँ महाधिवेशन अन्तर्गत जारी वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको छ।
नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार असोज ५ गतेसम्म ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको हो।
कटुवालका अनुसार ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्वु, उदयपुर, ओखलढुंगा, झापा, सुनसरी, बारा, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर, काठमाण्डौं, गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, स्याङ्जा, म्याग्दी, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व, रोल्पा, प्युठान, बाँके, बर्दिया, रुकुम पश्चिम, सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख, सुर्खेत, बाजुरा, बझाङ, दार्चुला, बैतडी, कञ्चनपुर, सिन्धुपाल्चोक, पर्सा, पर्वत, वागलुङ, कपिलवस्तु, डोटी, दाङ र कैलाली सहित ६३ जिल्लाहरुको वडा अधिवेशन सम्पन्न भइसकेका छन।
यसैगरी, धनुषा क्षेत्र नं. ४, मोरङ क्षेत्र नं. ६, अछाम (३ वडा वाँकी), नवलपरासी क्षेत्र नं. २, डडेल्धुरा (४ वडा वाँकी), रुपन्देही (३ वडा वाँकी), महोत्तरी (८ वडा वाँकी), सप्तरी क्षेत्र नं. २ र ४, सिरहा, रौतहट क्षेत्र नं. १, सर्लाही क्षेत्र नं. २ का वडाहरुको अधिवेशन अन्तिम चरणमा रहेको उनले जानकारी दिए।
यसैगरी धादिङ, नुवाकोट तथा आज सम्पन्न हुन वाँकी रहेका वडाहरुको अधिवेशन असोज ६ गते मंगलबार जारी पनि रहनेनिर्वाचन समितिले जनाएको छ।
कांग्रेसको केन्द्रीय महाधिवेशन २०८३ असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुन गइरहेको छ।



