मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

ट्राफिक प्रहरीसँग भनाभन भएपछि बसमा चालकले आगो लगाएका हुन्?

ट्राफिक प्रहरीसँग भनाभन भएपछि बसमा चालकले आगो लगाएका हुन्?

images
२०८३ आश्विन ५ गते, सोमवार
२०८३ आश्विन ५ गते, सोमवार
  • काठमाडौँ। त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको घटना अघि ट्राफिक प्रहरी र बसका चालकबिचमा भनाभन भएको विषय बाहिरिएको छ।

    images

    ट्राफिक प्रहरी र रिद्धीसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसका चालकबिचमा जरिवानाको विषयमा भनाभन भएपछि चालकले बस भित्रै बसेर आत्मदाहको प्रयास गरेको भिडियो क्लिप यतिबेला सामाजिक संजालमा छरिएका छन्। प्रहरीले भने घटनाको विषयमा छानबिन गर्न समिति गठन गरेको छ।

    images

    काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले घटनाको छानबिन गर्न भन्दै एसएसपी रमेश बस्नेतको नेतृत्वमा समिति गठन गरेको हो। 

    काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एआईजी सुशील सिंह राठौरले घटनाको छानबिन गर्न समिति गठन गरिएको जानकारी दिए। उनका अनुसार समितिलाई अनुसन्धानका लागि पाँच दिनको समय दिइएको छ।

    आगोमा जलेर काभ्रे घर २५ वर्षीय बस चालक दावा लामा गम्भीर घाइते भएका छन्। उनको कीर्तिपुरस्थित बर्न अस्पताल उपचार भइरहेको छ। उनको अवस्था चिन्ताजनक रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

    ट्राफिक प्रहरी र बसका चालक बिचमा जरिवानाका विषयमा भनाभन भएको भिडियो क्लिप सामाजिक संजालमा भाइरल छ। सो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

    सामाजिक संजालमा छरिएका ट्राफिक प्रहरी र बस चालकबिचको वादविवादको भिडियो हेर्दा चालकलाई ट्राफिक नियम उल्लंघनको आरोप लगाएको जस्तो सुनिन्छ। यस्तै ट्राफिक प्रहरीले जरिबानास्वरुप चिट काट्न खोजेको जस्तो देखिन्छ।

    तर चालकले भने आफूले गल्ती नगरेको भन्दै जरिवाना नतिर्ने अडान लिन्छन। ‘मलाई विना कसुर फाइन हान्न खोज्छ उहाँहरुले..,’ उनले भनेका छन्। 

    त्यसपछि ती चालकले आफू काम गर्ने मान्छे भएको र जरिवाना नतिर्ने अडान लिन्छन् भने आफू मर्न तयार रहेको बताउँछन्। त्यसपछि बसमा आगो लागेको देखिन्छ।

    यसअघि गत असार २५ गते त्रिपुरेश्वरमा पठाओ राइडर गणेश नेपालीले महानगर प्रहरीसँग जरिवाना कै विषयमा भनाभन भएपछि मोटरसाइकलमा आगजनी गर्दै आत्मदाह गरेका थिए। त्यसबखत महानगर प्रहरीले पठाओ राइडरको मोटरसाइकलमा ह्वील लक गरेपछि विवाद भएको थियो।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend