मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

उपनिर्वाचन : ६२ प्रतिशत मत खस्यो

उपनिर्वाचन : ६२ प्रतिशत मत खस्यो

images
२०८१ मंसिर १६ गते, आइतवार
२०८१ मंसिर १६ गते, आइतवार
  • काठमाडौं। निर्वाचन आयोगले आज भएको स्थानीय तहको उपनिर्वाचनमा करिब ६२ प्रतिशत मतदान भएको बताएको छ।

    images

    स्थानीय तह उपनिर्वाचनको मतदान कार्य शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको भन्दै आयोगले करिब ६२ प्रतिशत मतदान भएको जनाएको हो। ४१ विभिन्न पदका लागि आइतबार उपनिर्वाचन मार्फत प्रतिनिधि चुन्न मतदान भएको थियो।

    images

    उपनिर्वाचन भएका स्थानीय तह तथा वडाको अन्तिम मतदाता नामावलीमा २ लाख २६ हजार ७९९ मतदाता रहेकोमा हालसम्मको प्राप्त विवरण अनुसार करिब ६२ प्रतिशत मतदान भएको आयोगले जनाएको हो।

    उपनिर्वाचनका लागि आयोगमा २५ दल दर्ता भएकोमा २० वटा दलको तर्फबाट उम्मेदवारी परेको थियो। उपनिर्वाचनमा कुल ३७६ जना उम्मेदवार मैदानमा थिए।

    नगरपालिकाका प्रमुख एक जना, उपप्रमुख एक जना, गाउँपालिकाका अध्यक्ष दुई जना, उपाध्यक्ष चार जना तथा वडा अध्यक्ष ३३ जना गरी जम्मा ४१ पदका लागि भएको उपनिर्वाचनमा राजनीतिक दलका २७४ जना र स्वतन्त्र १०२ जना गरी जम्मा ३७६ जना उम्मेदवार रहेका थिए।  

    मतदान कार्य समाप्त भई मतपेटिका सुरक्षित रूपमा सङ्‍कलन भएपछि तत्काल मतगणना प्रारम्भ गर्न निर्देशन दिइएको आयोगकी सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन।

    उनका अनुसार एउटा मात्रै मतदान स्थल रहेका १५ वटा वडाको वडा अध्यक्ष पदको मतगणना सम्बन्धित मतदान स्थलमा नै हुने व्यवस्था मिलाइएको छ भने अन्य स्थानमा सबै मतदान स्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन गरी मतगणना हुनेछ। 

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend