मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

भोटेकोशी बाढीपछि काठमाडौ ल्याइएका २८१ शव गोकर्णेश्वरमा सुरक्षित व्यवस्थापन

भोटेकोशी बाढीपछि काठमाडौ ल्याइएका २८१ शव गोकर्णेश्वरमा सुरक्षित व्यवस्थापन

images
२०८३ आश्विन ४ गते, आइतवार
२०८३ आश्विन ४ गते, आइतवार
  • काठमाडौँ। भोटेकोशी नदीमा आएको बाढीपछि फेला परेर काठमाडौ ल्याइएका २८१ जनाको शव काठमाडौँको गोकर्णेश्वरमा सुरक्षित रुपमा व्यवस्थापन गरिएको छ।

    images

    जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गत भदौ १० गतेको विनाशकारी बाढीमा परी ज्यान गुमाएर काठमाडौँ ल्याइएका २८१ जनाको पहिचान हुन नसकेको शव काठमाडौँको गोकर्णेश्वरमा सुरक्षित रुपमा व्यवस्थापन गरिएको हो।

    images

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार काठमाडौँको गोकर्णेश्वर नगरपालिका–७ स्थित दक्षिणढोका वन क्षेत्रमा ती शव जमिनमुनि गाडेर सुरक्षित रुपमा व्यवस्थापन गरिएको छ।

    उनका अनुसार विपद् प्रभावित रसुवा, धादिङ र नुवाकोटबाट ती शव काठमाडौँ ल्याइएको थियो। ती शवको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम तथा डिएनए परीक्षणका लागि नमूना सङ्कलन गरेर सुरक्षित रुपमा व्यवस्थापन गरिएको हो।

    प्रहरीका अनुसार प्रत्येक शवबाट डिएनए परीक्षणका लागि आवश्यक नमूना सङ्कलन गरी शवलाई सुरक्षितरुपमा गाड्ने गरिएको छ। 

    भविष्यमा पहिचान खुलेमा सम्बन्धित परिवारलाई शव हस्तान्तरण गर्न सकिने गरी आवश्यक विवरण र नमूना सुरक्षित राखिएको प्रहरी उपरीक्षक थापाले जानकारी दिएका हुन्।

    शव व्यवस्थापन गर्दा विशेष प्रकारको ‘एयरटाइट ब्याग’ प्रयोग गरी त्यसमा ट्याग नम्बर राख्ने गरिएको छ। ट्याग नम्बरका आधारमा शवको विवरण पहिचान गर्न सहज हुने गरी अभिलेखसमेत राखिएको छ।

    बाढीमा परी ठूलो जनधनको क्षति भएपछि विभिन्न स्थानबाट फेला परेका शवलाई पहिचान तथा डीएनए परीक्षणका लागि काठमाडौँ ल्याइएको हो। पहिचान हुन बाँकी शवको डिएनए नमूना सुरक्षित राखी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend