काठमाडौँ। नेपाली कांग्रेसको वडा अधिवेशन अन्तर्गत ७३ जिल्लाका ६ हजार १३२ वडामा वडा अधिवेशन सम्पन्न भएको छ।
२०८३ असोज १६ देखि १९ गतेसम्म हुन गइरहेको १५ औं केन्द्रीय महाधिवेशन अन्तरर्गत असोज ३ र ४ गतेका लागि वडा अधिवेशन तय भएको थियो। यो दुई दिनमा ७३ जिल्लाका ६ हजार १३२ वडामा वडा अधिवेशन सम्पन्न भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार असोज ४ गते पनि वडा अधिवेशन प्रक्रिया उत्साहप्रद रुपमा प्रारम्भ भएको छ।
निर्वाचन कार्यक्रम अन्तर्गत ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्वु, ओखलढुंगा, उदयपुर, झापा, मोरङ (क्षेत्र नं. ६ वाहेक), सुनसरी, सप्तरी (क्षेत्र नं. २ र ४ वाहेक), धनुषा, महोत्तरी, सर्लाही (क्षेत्र नं. २ वाहेक), रौतहट (क्षेत्र नं. १ वाहेक), बारा, पर्सा, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोकमा वडा अधिवेशन सम्पन्न भएको हो।
यसैगरी सिन्धुपाल्चोक, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर, काठमाण्डौ, गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ्ग, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, वागलुङ, नवलपुर, परासी (क्षेत्र नं. २ वाहेक), रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पूर्व), रोल्पा, प्युठान, दाङ, बाँके, वर्दिया, रुकुम पश्चिम, सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख, सुर्खेत, बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर र कैलाली जिल्ला गरी ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन पश्चात निर्वाचन सम्पन्न भएको कटुवालले जानकारी दिए।
वडा अधिवेशनका क्रममा आज दोस्रो दिन असोज ४ गते पनि वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएको उनले जानकारी दिए।
केन्द्रीय निर्वाचन समितिबाट प्रकाशित कार्यतालिका अनुसार रसुवा, नुवाकोट र धादिङ जिल्ला वाहेक सप्तरी क्षेत्र नं. २ र ४, सिरहा, मोरङ क्षेत्र नं. ६, रौतहट क्षेत्र नं. १, सर्लाही क्षेत्र नं. २, परासी क्षेत्र नं. २, तथा आज सम्पन्न हुन छुट भएका सम्पूर्ण वडा अधिवेशन लगायतको वडा अधिवेशन असोज ५ गते सोमवार पनि निरन्तर जारी रहने छ।



