मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

रबी लामिछानेलाई सरकारी वकिल कार्यालय लगियो

रबी लामिछानेलाई सरकारी वकिल कार्यालय लगियो

images
२०८१ मंसिर १६ गते, आइतवार
२०८१ मंसिर १६ गते, आइतवार
  • काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेलाई काठमाडौको माइतीघरमा रहेको जिल्ला सरकारी वकिल कार्यालय पुर्याइएको छ।

    images

    जिल्ला प्रहरी परिसर काठमाडौंले लामिछानेलाई प्रहरीले बयानका लागि सरकारी वकिल कार्यालयमा पुर्याएको हो।स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे शुक्रवारदेखि उनको बयान भइरहेको छ। 

    images

    लामिछानेका व्यापारिक साझेदार पूर्व डीआईजी छविलाल जोशीसँग सरकारी वकिल र अनुसन्धान अधिकृतहरूले बयान लिइसकेका छन्।

    स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको आरोप लागेका लामिछाने, छविलाल र कुमार रम्तेल सहित ५ जना प्रहरी हिरासतमा छन्। रकम अपचलनबारे अनुसन्धान गर्न ६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन्।

    स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ। २७ हजार निक्षेपकर्ताले सो सहकारीमा २ अर्ब ६५ करोड ९५ लाख जम्मा गरेको सहकारीको रेकर्डमा भेटिएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend