काठमाडौँ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेविड श्रेष्ठ र निर्देशकमा डा. झपिन्द्र पोखरेल नियुक्त भएका छन्।
प्रतिष्ठानका उपकुलपति प्राडा नारायण सिंह गुरुङले प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा.पोखरेललाई नियुक्त गरेका हुन्।
उपकुलपति प्राडा गुरुङले नवनियुक्त डिन डा. श्रेष्ठ र निर्देशक डा. पोखरेललाई नियुक्ति पत्रसमेत प्रदान गरेका छन्।



