मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

महाधिवेशनको महासंग्राममा कांग्रेस : ४३ जिल्लाका ३ हजार ३९६ वडामा चुनियो नेतृत्व

महाधिवेशनको महासंग्राममा कांग्रेस : ४३ जिल्लाका ३ हजार ३९६ वडामा चुनियो नेतृत्व

images
२०८३ आश्विन ३ गते, शनिवार
२०८३ आश्विन ३ गते, शनिवार
  • काठमाडौँ। नेपाली कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत शनिबार ४३ जिल्लाका ३ हजार ३९६ वडामा वडा अधिवेशन सम्पन्न गरेको छ। कांग्रेसको वडा अधिवेशन सुरु भएसँगै कांग्रेसको १५औं महाधिवेशन प्रारम्भ भएको छ।

    images

    कांग्रेसको केन्द्रीय महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुँदैछ। त्यसअन्तर्गत आजदेखि वडा अधिवेशन प्रक्रिया सुरु भएको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। 

    images

    निर्वाचन कार्यक्रमअन्तर्गत कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, संखुवासभा, धनकुटा, सोलुखुम्बु, उदयपुर, झापा, मोरङ, मधेश प्रदेशको महोत्तरी, वाग्मती प्रदेशको रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, भक्तपुर, ललितपुर, काठमाडौं, गण्डकी प्रदेशको गोरखा, कास्की, मनाङ, पर्वत, स्याङ्जा, बागलुङ, पूर्वी नवलपरासी, लुम्विनी प्रदेशको पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व, रोल्पा, प्युठान, कर्णाली प्रदेशको रुकुम पश्चिम, डोल्पा, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, दैलेख, सुर्खेत, सुदूर पश्चिम प्रदेशको डोटी, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर र कैलालीका ३ हजार ३९६ वडामा अधिवेशन सम्पन्न भएको निर्वाचन समितिले जानकारी दिएको हो।

    शनिबार वडा अधिवेशन सम्पन्न भएका वडाहरुमा वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। कांग्रेसले वडा अधिवेशन उत्साहप्रद रूपमा प्रारम्भ भएको जनाएको छ।

    केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको कार्यतालिकाअनुसार रसुवा, नुवाकोट र धादिङबाहेक अन्य ३१ जिल्लामा वडा अधिवेशन भोलि असोज ४ गते पनि जारी रहनेछ।

    कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन अघि वडा तह हुँदै क्षेत्रीय र जिल्ला तहका अधिवेशन सम्पन्न गरिने छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend