काठमाडौं। स्थानीय तहको उपनिर्वाचन अन्तर्गत अहिले ४१ रिक्त पदका लागि विभिन्न स्थानमा मतदान जारी छ।
१० बजेबाट सुरु भएको मतदान प्रक्रियामा अहिले ११ बज्दासम्म २५ प्रतिशत मत खसेको निर्वाचन आयोगले बताएको छ। आयोगका अनुसार मतदान शान्तिपूर्ण रुपमा चलिरहेको छ।
आयोगकी प्रवक्ता निता पोखरेल अर्यालका अनुसार बिहान ११ बजेसम्म २५ प्रतिशत मत खसेको छ।



