मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

जेन-जी सांसदहरुलाई प्रधानमन्त्रीको आग्रह : स्वदेशमै रोजगारी सिर्जना गर्न लाग्नुस

जेन-जी सांसदहरुलाई प्रधानमन्त्रीको आग्रह : स्वदेशमै रोजगारी सिर्जना गर्न लाग्नुस

images
२०८३ आश्विन २ गते, शुक्रवार
२०८३ आश्विन २ गते, शुक्रवार
  • काठमाडौँ। प्रधामन्त्री वालेन्द्र शाहले जेन-जी उमेर समूहका सांसदहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्न आग्रह गरेका छन्।

    images

    प्रधानमन्त्री शाहले शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन-जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गर्दै आफैँ उदाहरण बनेर नवीन सोचका साथ आफ्नै पुस्ताका लागि रोजगारी सिर्जना गर्न आग्रह गरे।

    images

    अन्तरक्रियाका क्रममा जनजीविकाका आधारभुत समस्या समाधानसँगै त्यो भन्दा अझ अगाडि बढेर आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउन अग्रसर हुन आह्वान गरे।

    यसका लागि उनले स्थलगत अध्यय तथा अनुसन्धान गर्ने, सूचना–प्रविधिको उच्चतम प्रयोग गर्ने, समस्या समाधानमुखी व्यवहार अपनाउने र पुराना तथा अव्यवहारिक सोच त्याग्न सुझाव दिनु दिए।

    साथै, राजनीतिलाई पेशा नबनाइ आम्दानीको छुट्टै व्यवसायीक आधार खडा गर्दै दीर्घकालिनरुपमा आत्मनिर्भर र प्रेरणाको स्रोत बन्न समेत आग्रह गरे।

    अन्तरक्रियामा सहभागी जेन-जी उमेरका सांसदहरुले प्रधानमन्त्री शाहको यो आग्रहलाई अभिभावकीय मार्गदर्शनका रुपमा लिँदै आफ्नै पुस्तालाई आत्मनिर्भर बनाउन र स्वदेशमै अवसर सिर्जना गर्ने कार्यमा जुट्ने प्रतिवद्धता व्यक्त गरे।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend