मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

देउवा पक्षमा रहेका नेताहरू धमाधम सानेपा पुग्दै, कोको पुगे?

देउवा पक्षमा रहेका नेताहरू धमाधम सानेपा पुग्दै, कोको पुगे?

images
२०८३ आश्विन १ गते, बिहिवार
२०८३ आश्विन १ गते, बिहिवार
  • काठमाडौँ। नेपाली कांग्रेसको तत्कालीन संस्थापन पक्षमा रहेका नेताहरू केन्द्रीय कार्यसमिति बैठकका लागि धमाधम सानेपा पुग्न थालेका छन्।

    images

    देउवा सभापति रहँदा उनकै विश्वास पात्र रहेका नेता मीन विश्वकर्मा कांग्रेस केन्द्रीय समिति बैठकका लागि सानेपा आइपुगेका छन्। उनी देउवाले मनोनित गरेका प्रचार विभाग प्रमुख समेत थिए।

    images

    यसैगरी तत्कालीन केन्द्रीय समितिमा रहेका नेता रामहरि खतिवडा पनि सानेपा आइपुगेका छन्। उनी कांग्रेसलाई सहमति र सहकार्यबाट मिलाएर लैजानु पर्ने पक्षमा उभिएका थिए।

    यसैगरी केन्द्रीय कार्यसमिति बैठकका लागि विगतको केन्द्रीय समितिमा रहेका देउवा पक्षका नेताहरू डीना उपाध्याय, ज्ञानेन्द्र बहादुर कार्की, नैनसिंह महर, सीता गुरुङ, इन्द्र बानियाँ, गणेश लामा, सरस्वती तिवारी, राजिवविक्रम शाह लगायत पनि सानेपा आइपुगेका छन्।

    कांग्रेस केन्द्रीय समितिको बैठक आज २ बजेका लागि बोलाइएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend