मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

राष्ट्रपति र प्रधानमन्त्रीबिच भेट

राष्ट्रपति र प्रधानमन्त्रीबिच भेट

images
२०८१ मंसिर १५ गते, शनिवार
२०८१ मंसिर १५ गते, शनिवार
  • काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

    images

    राष्ट्रपति भवन शीतलनिवासमा शनिबार साँझ भएको सो भेटवार्तामा प्रधानमन्त्री ओलीले आफ्नो आसन्न चीन भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराएको बताइएको छ।

    images

    सो अवसरमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताका लागि शुभकामना दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। प्रधानमन्त्री ओलीसँग परराष्ट्र मन्त्री आरज़ु राणा देउवा पनि साे भेटवार्तामा  सहभागि थिइन।

    साे अवसरमा परराष्ट्र मन्त्री देउवाले आफुले गरेको चीन भ्रमणबारे पनि राष्ट्रपति पाैडेललाई जानकारी गराएकी थिइन। मंसीर १७ गतेदेखि २० गतेसम्म हुने चीन भ्रमणका लागि प्रधानमन्त्री ओली सोही दिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend