मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

लामो समयदेखि अस्पतालमा अनुपस्थित दुई स्टाफ नर्सलाई कारबाही गरिंदै

लामो समयदेखि अस्पतालमा अनुपस्थित दुई स्टाफ नर्सलाई कारबाही गरिंदै

images
२०८३ भाद्र ३१ गते, बुधवार
२०८३ भाद्र ३१ गते, बुधवार
  • काठमाडौं। वीर अस्पतालमा कार्यरत दुई स्टाफ नर्स लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेको भन्दै अस्पताल प्रशासनले १५ दिनभित्र स्पष्टीकरण पेश गर्न सूचना जारी गरेको छ।

    images

    अस्पतालले सार्वजनिक गरेको सूचनाअनुसार स्टाफ नर्स सातौँ तहकी सुनिता सिंह डंगोल २०८२ असोज १९ गतेदेखि र स्टाफ नर्स सातौँ तहकी सुनिता थापा २०७९ असोज २८ गतेदेखि कार्यालयमा अनुपस्थित छन्।

    images

    अस्पतालले बिदा स्वीकृत नगराई लगातार ६० दिनभन्दा बढी अनुपस्थित रहेको भन्दै उनीहरूलाई विभागीय सजाय किन नगर्ने भन्ने विषयमा सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफ्नो सफाइ पेस गर्न भनेको हो।

    तोकिएको अवधिभित्र स्पष्टीकरण पेस नगरेमा नियमावलीअनुसार आवश्यक कारबाही अघि बढाइने सूचनामा उल्लेख छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend