काठमाडौँ। मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सुरु भएको हो।
बैठकमा समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ। आजको बैठक मार्फत केही महत्त्वपूर्ण विषयमा निर्णय गर्ने तयारी गरिएको छ भने केही नियुक्तिसमेत हुने सम्भावना छ।



