काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन्।
रास्वपा सभापति रवि लामिछाने भोलि बुधबार सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा विहान ११ बजे बस्ने गरि सर्वदलीय बैठक डाकेका हुन्।
उक्त बैठकमा संसदमा प्रतिनिधित्व गर्नेसहित राप्रपा, तराइ मधेसबाट विगतमा प्रतिनिधित्व गरेका दल र अन्य केही राजनीतिक दलका शिर्ष नेतृत्वलाई डाकिएको छ।
बैठकमार्फत उच्चस्तरीय राजनीतिक संयन्त्र गठन (विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन) गर्ने तयारी रहेको बताइएको छ।



