मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

`बाढी प्रभावित धेरैजना मानसिक समस्यामा छन्, सरकारले विशेष ध्यान देओस´

`बाढी प्रभावित धेरैजना मानसिक समस्यामा छन्, सरकारले विशेष ध्यान देओस´

images
२०८३ भाद्र ३० गते, मंगलवार
२०८३ भाद्र ३० गते, मंगलवार
  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगरले भोटेकोशी बाढी प्रभावित क्षेत्रका पीडितको स्वास्थ्य उपचार तथा मानसिक स्वास्थ्यमा सरकारले विशेष ध्यान दिनुपर्ने बताएकी छन्।

    images

    मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राना मगरले बाढी तथा विपद्का कारण धेरै मानिस शारीरिक समस्यासँगै मानसिक समस्यामा परेको भन्दै पीडितको स्वास्थ्य उपचार तथा मानसिक स्वास्थ्यमा सरकारले विशेष ध्यान दिनुपर्ने बताएकी हुन्।

    images

    बाढी प्रभावित नुवाकोटका विदुर नगरपालिका सहितका केही स्थानमा आफू पुगेर फर्किएको भन्दै उनले उद्धार गरिएका कतिपयमा स्वास्थ्य समस्या देखिएको र धेरैजना मानसिक समस्यामा रहेको पाइएको बताइन्। 

    उनले विपद्पछि मानसिक स्वास्थ्य उपचार र पुनर्स्थापनाका लागि पर्याप्त अस्पताल तथा पुनर्स्थापना केन्द्रको अभाव रहेको पनि बताइन्।

    आर्थिक रूपमा सक्षम व्यक्तिले निजी क्षेत्रबाट उपचार पाउने अवस्था भए पनि गरिब तथा विपन्न परिवारका पीडितले उपचार पाउन कठिनाइ हुने भन्दै उनले संसदमार्फत सरकारको ध्यानाकर्षण गराएकी हुन्।

    सांसद राना मगरले विपद्का कारण सबै सम्पत्ति गुमाएका नागरिकलाई उपचार खर्चको भारसमेत आफैंले बोक्नुपर्ने अवस्था सिर्जना हुन नहुने बताइन्।

    बाढीपीडितलाई उपचारका लागि विभिन्न अस्पतालमा पठाउँदा सम्बन्धित स्थानीय तह वा वडामार्फत आवश्यक कागजात तथा परिचयपत्रको व्यवस्था गर्नुपर्ने उनको सुझाव थियो। यस्तै विपद् प्रभावित नागरिकको थप उपचार खर्च सरकारले नै व्यहोर्नुपर्नेमा उनको जोड थियो।

    उनले बाढीपीडितको आधारभूत आवश्यकता पूरा गर्नु राज्यको दायित्व भएको बताउँदै विपद्का बेला सरकारले थप संवेदनशील भएर काम गर्नुपर्ने पनि उल्लेख गरिन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend