मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

रसुवा र नुवाकोटमा हैजाको जोखिम, खोप अभियान तीव्र

रसुवा र नुवाकोटमा हैजाको जोखिम, खोप अभियान तीव्र

images
२०८३ भाद्र ३० गते, मंगलवार
२०८३ भाद्र ३० गते, मंगलवार
  • काठमाडौँ। भोटेकोशी बाढीपछि अहिले आएर रसुवा र नुवाकोटमा हैजाको जोखिम देखिन थालेको छ।

    images

    बाढीबाट क्षतिग्रस्त जिल्ला रसुवा र नुवाकोटमा हैजाको जोखिम देखिन थालेको हो। बाढी प्रभावित क्षेत्रमा हैजाको महामारीलाई फैलन नदिन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अगाडि देखिनै तयारी गरिरहेको छ। हाल यी दुई जिल्लामा स्वास्थ्य मन्त्रालयले हैजा विरुद्धको खोप अभियानलाई तीव्रता दिइरहेको छ।

    images

    खोप अभियानका लागि नुवाकोटमा लक्षित जनसङ्ख्या ७१ हजार ६३५ मानिएको छ। जसमध्ये २८ हजार ९९ जना अर्थात् ३९.२२ प्रतिशतले खोप लगाएका छन्। 

    यसैगरी रसुवामा लक्षित ३१ हजार ४७४ जनालाई लक्षित जनसंख्या मानिएको छ। जसमध्ये नौ हजार ७३१ जना अर्थात् ३०.९१ प्रतिशतले खोप पाइसकेका छन्। पछिल्लो २४ घण्टामा एक जनामा कडा झाडापखाला पुष्टि भएको छ।

    बाढी प्रभावितहरु चार जिल्लाका ३६ वटा होल्डिङ सेन्टरमा गरेर अहिले दुई हजार ८९५ जना आश्रित रहेका छन्। नुवाकोटका २३ सेन्टरमा एक हजार ७०१, काठमाडौँका ३ सेन्टरमा ५८५, धादिङका चार सेन्टरमा ३९० र रसुवामा छ सेन्टरमा २१९ जना बाढीपीडितले आश्रय लिइरहेका छन्।

    हाल बाढी प्रभावितका लागि ३४ वटा टोलीमा १४९ स्वास्थ्यकर्मी खटिएका छन्। हालसम्म सात हजार ७०७ जनाले आकस्मिक चिकित्सा टोलीमार्फत सेवा लिइसकेका छन्।

    सरकारले प्रभावित नागरिकलाई मानसिक परामर्शका लागि निःशुल्क हेल्पलाइन ११६६ र सुरक्षित मातृत्व परामर्शका लागि १११५ सञ्चालनमा ल्याएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend