मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सरकारले सातै प्रदेशमा  'सीप तथा रोजगार मेला' आयोजना गर्ने, कोशीबाट सुरु गरिंदै

सरकारले सातै प्रदेशमा  'सीप तथा रोजगार मेला' आयोजना गर्ने, कोशीबाट सुरु गरिंदै

images
२०८३ भाद्र २९ गते, सोमवार
२०८३ भाद्र २९ गते, सोमवार
  • काठमाडौँ। युवा श्रम तथा रोजगार मन्त्रालयले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभिटी) र निजी क्षेत्रको सहकार्यमा 'सीप तथा रोजगार मेला' आयोजना गर्ने भएको छ।

    images

    "रोजगार प्रवर्द्धन दशक ०८३/८४-९२/९३" अन्तर्गत कोशी प्रदेशको इटहरीबाट मेला सुरु हुनेछ। यो मेला सातै प्रदेशमा विस्तार गरिने मन्त्रालयले जनाएको छ।

    images

    मन्त्रालयको टोलीले मेलाका सन्दर्भमा इटहरीमा सरोकारवालाहरूसँग छलफल गर्दा उत्साहजनक प्रतिक्रिया प्राप्त भएको जनाएको छ। मेलामार्फत कृषि, नयाँ प्रविधि, एआई र डिजिटल सीपसम्बन्धी कार्यस्थलमा आधारित तालिम दिएर सोझै रोजगारीमा जोड्ने लक्ष्य राखिएको छ। 

    युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवका अनुसार आन्तरिक रोजगारीलाई मर्यादित र व्यापक बनाउनु यसको मुख्य उद्देश्य हो। उद्योग व्यवसायीहरूलाई आगामी ५/६ महिनामा आवश्यक जनशक्तिको माग बुझाउन आग्रह गरिएको छ। 

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend