मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिस विरुद्ध खोप लगाइँदै, कसले पाउँछन्?

झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिस विरुद्ध खोप लगाइँदै, कसले पाउँछन्?

images
२०८३ भाद्र २९ गते, सोमवार
२०८३ भाद्र २९ गते, सोमवार
  • काठमाडौँ। जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणका विरुद्ध झापा र कैलाली जिल्लामा खोप अभियान सुरु हुँदैछ।

    images

    जापानिज इन्सेफ्लाइटिसका कारण बिरामीको मृत्यु हुने क्रम बढेपछि सरकारले झापा र कैलालीमा खोप अभियान सञ्चालन गर्न लागेको हो।

    images

    स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार कैलालीमा असोज १ गतेदेखि र झापामा असोज ५ गतेदेखि खोप अभियान सञ्चालन हुनेछ।

    स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार झापाका सबै स्थानीय तहमा खोप अभियान सञ्चालन हुनेछ। 

    कैलालीमा भने तीन वटा स्थानीय तहमा खोप अभियान संचालन हुँदैछ। धनगढी उपमहानगरपालिका, लम्किचुहा नगरपालिका र घोडाघोडी नगरपालिकामा खोप प्रदान गरिनेछ। पहिलो चरणमा उच्च जोखिम भएका क्षेत्रमा खोप अभियान सञ्चालन गर्न लागिएको हो।

    अभियानअन्तर्गत ३० वर्ष वा सोभन्दा माथिका व्यक्तिलाई खोप प्रदान गरिने छ। खोप अभियानका लागि आवश्यक जेई खोप काठमाडौंस्थित केन्द्रीय खोप भण्डारण केन्द्रबाट सम्बन्धित जिल्लामा पठाउने तयारी भइरहेको छ। खोप उपलब्ध भएपछि स्थानीय तह र स्वास्थ्य संस्थामार्फत लक्षित समूहलाई खोप लगाइने छ।

    जापानिज इन्सेफ्लाइटिस लामखुट्टेको टोकाइबाट सर्ने भाइरल संक्रमण हो। संक्रमण गम्भीर अवस्थामा पुगेमा मस्तिष्कमा असर पार्नुका साथै मृत्यु समेत हुन सक्ने भएकाले जोखिम क्षेत्रमा खोप अभियानलाई प्रभावकारी बनाउने तयारी गरिएको हो।

    जापानीज इन्सेफ्लाइटिस पोथी प्रजातिको ‘क्युलेक्स’ लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ। यो रोग धानखेती, सुँगुर पालन गर्ने तथा हाँस पालन गर्ने कृषकलाई बढी लाग्ने गरेको पाइएको डा. गौतमले जानकारी दिए। पानी जम्ने ठाउँमा ‘क्युलेक्स’ लामखुट्टेले फुल पार्ने गर्दछ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend