मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

बाढीले क्षतिग्रस्त बैरेनी अस्पताल पुनः सञ्चालनमा

बाढीले क्षतिग्रस्त बैरेनी अस्पताल पुनः सञ्चालनमा

images
२०८३ भाद्र २८ गते, आइतवार
२०८३ भाद्र २८ गते, आइतवार
  • धादिङ। भोटेकोशी बाढीबाट क्षतिग्रस्त बनेको धादिङको गल्छी गाउँपालिका–६ स्थित बैरेनी अस्पताल पुनः सञ्चालनमा आएको छ।

    images

    गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बैरेनी अस्पतालमा बाढीसहितको हिलो र लेदो पसेपछि औषधि, स्वास्थ्य सामग्री, उपकरण तथा अन्य सामग्रीमा क्षति पुगेको थियो। अस्पतालमा बाढी पसेपछि सेवा बन्द हुँदा स्थानीयहरु सेवाबाट बन्चित भएका थिए।

    images

    बाढीपछि सेवा प्रवाहलाई पहिलेकै अवस्थामा फर्काउन निरन्तर पहल हुँदै आएकोमा आइतबारदेखि पुन: सेवा संचालनमा ल्याइएको हो। बाढीका कारण अस्पतालबाट दिइने नियमित सेवा ठप्प बनेको थियो।

    विपद्पछि अस्पतालको सरसफाइ तथा पुनःस्थापनाका लागि स्थानीयवासी, सुरक्षा निकाय, विभिन्न संघसंस्था र स्वयंसेवक परिचालन भएका थिए।

    अस्पताललाई आवश्यक औषधि, स्वास्थ्य सामग्री तथा उपकरण व्यवस्थापनमा ताइवानस्थित वृद्धिष्ट चुजी च्यारिटी फाउन्डेसनले सहयोग गरेको हो। आइतबार आयोजित कार्यक्रममा फाउन्डेसनकी उपाध्यक्ष लेन पि युले अस्पताललाई स्वास्थ्य उपकरण तथा सामग्री हस्तान्तरण गरेकी हुन्।

    कार्यक्रममा उनले विपद्बाट क्षतिग्रस्त अस्पताललाई छोटो समयमा नै पुनः सञ्चालनमा ल्याउनु उदाहरणीय भएको बताइन्। विपद्को समयमा एकअर्कालाई सहयोग गर्नुपर्नेमा जोड दिँदै उनले भोटेकोशीको बाढीलाई जलवायु परिवर्तनसँग जोडिएको विपत्तिका रूपमा उल्लेख गरिन्।

    गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाले अस्पताल पुनः सञ्चालनमा सहयोग गर्ने फाउन्डेसन, सुरक्षा निकाय, संघसंस्था, स्वयंसेवक तथा स्थानीयवासी सबैलाई आभार व्यक्त गरे। प्राप्त सहयोगले अस्पताल पुनःस्थापनामा महत्वपूर्ण भूमिका खेलेको उनले बताए।

    बैरेनी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मधुकर दाहालका अनुसार फाउन्डेसनले अस्पतालका लागि आकस्मिक उपचारमा आवश्यक पर्ने करिब २२७ प्रकारका औषधि, ५९ प्रकारका सर्जिकल सामग्री तथा विभिन्न स्वास्थ्य उपकरण उपलब्ध गराएको छ।

    सहयोग गरिएका सामग्रीमा यूएसजी मेसिन, एनेस्थेसिया मेसिन, प्रयोगशालाका आवश्यक उपकरणलगायत अस्पताल सञ्चालनका लागि आवश्यक पूर्वाधार र फर्निचरसमेत छन्। 

    बाढीपछि यस्तो बनेको थियो अस्पतालको अवस्था:

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend