मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

प्रधानसेनापति सिग्देल चीन प्रस्थान

प्रधानसेनापति सिग्देल चीन प्रस्थान

images
२०८३ भाद्र २८ गते, आइतवार
२०८३ भाद्र २८ गते, आइतवार
  • काठमाडौँ। नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल उत्तरी छिमेकी मुलुक चीनको बेइजिङ प्रस्थान गरेका छन्।

    images

    भदौ २८ ग्तेदेखि ३ असोजसम्म उनी चीनका विभिन्न औपचारिक कार्यक्रममा सहभागी हुने सैनिक मुख्यालय जंगी अड्डाले बताएको छ।

    images

    भ्रमणका क्रममा प्रधानसेनापति सिग्देल बेइजिङमा आयोजना हुने १३औं बेइजिङ स्याङसन फोरममा सहभागी हुने छन्।

    सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जंग केसीले बिदाई गरेका थिए।

    भ्रमणले दुई देशको सैनिक सम्बन्ध बिस्तार हुने र सैनिक कुटनीतिकमार्फत नेपालको परराष्ट्र नीतिलाईसमेत योगदान पुग्ने विश्वास नेपाली सेनाको छ।

    उनको अनुपस्थितिमा नेपाली सेनाका बलाधिकृत रथीले केसीले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नेछन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend