मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

भोटेकोशी बाढी : १ हजार ३८६ जनाको शव फेला

भोटेकोशी बाढी : १ हजार ३८६ जनाको शव फेला

images
२०८३ भाद्र २८ गते, आइतवार
२०८३ भाद्र २८ गते, आइतवार
  • काठमाडौं। रसुवाको भोटेकोशीमा चीनतर्फबाट आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ३८६ जनाको शव फेला परेको छ।

    images

    यो तथ्यांक आइतबार विहान ८ बजेसम्मको हो। जसमध्ये रसुवामा १८५ जना, नुवाकोटमा १९९ जना, धादिङमा ७१ जना, चितवनमा ३६४ जना, गोरखामा ७७ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३० जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ३८६ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

    images

    फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार २३० वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ।

    शव पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ८४६ गरी कुल ३ हजार १३२ वटा डिएनए नमुना सङ्कलन गरिएको छ भने पहिचान नभएको १ हजार ३५४ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ।

    बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ।

    हालसम्म बेपत्ता भएका ४ हजार ८९ जनाको खोजी कार्य जारी छ। यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा २ हजार ७१२ जना व्यक्तिहरूलाई राखिएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend