मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

राजविराजमा अस्पतालबाहिर प्रसूति घटना : के गर्दैछ सरकार?

राजविराजमा अस्पतालबाहिर प्रसूति घटना : के गर्दैछ सरकार?

images
२०८३ भाद्र २६ गते, शुक्रवार
२०८३ भाद्र २६ गते, शुक्रवार
  • काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरबाहिर प्रसूति भएको घटनाको छानबिन भइरहेको र दोषी देखिए कानुनबमोजिम कारबाही गरिने बताएकी छिन्।

    images

    प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले शून्य र आकस्मिक समयमा उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले घटनाबारे अस्पतालसँग २४ घण्टे स्पष्टीकरण माग गरिएको र स्पष्टीकरण प्राप्त भइसकेको जानकारी दिइन्।

    images

    घटनाको स्थलगत छानबिनका लागि नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा.सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका डा.अजय शाहसहित पाँच सदस्यीय टोली राजविराज पुगिसकेको तथा स्वास्थ्य सेवा विभागका उपचारात्मक सेवा महाशाखा प्रमुख डा.पवनजंग रायमाझी पनि टोलीमा सहभागी रहेको उनले संसदलाई जानकारी गराइन।

    सो घटनाको छानबिन गर्न भन्दै जिल्ला प्रशासन कार्यालय, सप्तरीले पनि छानबिन समिति गठन गरेको छ।

    मन्त्री मेहताले सेवाग्राही अस्पताल परिसरबाहिर पुग्ने अवस्था किन सिर्जना भयो र अस्पतालको सेवामा कुनै कमीकमजोरी थियो वा थिएन भन्ने विषय छानबिनबाट स्पष्ट हुने बताइन्। घटनाका समयमा ड्युटीमा रहेका कर्मचारीलाई कामकाजबाट हटाई थप छानबिन सुरु गरिएको पनि उनले जानकारी संसदलाई जानकारी गराएकी छिन्।

    सरकारले आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रममार्फत सरकारी स्वास्थ्य संस्थामा प्रसूति सेवा निःशुल्क उपलब्ध गराउनुका साथै प्रसूति सेवाका लागि आउने - जाने यातायात खर्चसमेत उपलब्ध गराउँदै आएको उनले संसदलाई जानकारी गराइन।

    सरकारी स्वास्थ्य संस्थामा प्रसूति सेवा निःशुल्क हुँदाहुँदै शुल्क मागिएमा वा गर्भवती महिलालाई सेवा दिन अस्वीकार गरिएमा प्रचलित कानुनबमोजिम कारबाही हुनेसमेत संसदमार्फत स्पष्ट पारिन्।

    मन्त्री मेहताले सुरक्षित मातृत्व हरेक आमाको अधिकार भएको उल्लेख गर्दै कुनै पनि आमा स्वास्थ्य संस्थाको ढोकाबाहिर प्रसव गर्नुपर्ने अवस्था आउन नहुनेसमेत बताइन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend