काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा नियुक्त दीपककुमार साहलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन्।
राष्ट्रपति भवन शीतल निवासमा बिहीबार साँझ आयोजना गरिएको विषेश कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष साहले पद तथा गोपनियताको सपथ गराएका हुन्।
प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा सुनसरी ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद साहको नाम बिहीबार नै सिफारिस गरेका थिए। उनलाई आजै राष्ट्रपति पौडेलले मन्त्री पदमा नियुक्त गरेका थिए।
यसअघि मन्त्री रहेकी गौरी कुमारी यादवले आजै पदबाट राजीनामा दिएकी थिइन्।
यादवको राजीनामापछि रिक्त भएको उद्योग मन्त्रालयको जिम्मेवारी साहलाई दिने प्रधानमन्त्री शाहले निर्णय गरेका थिए।



