मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय

images
२०८३ भाद्र २५ गते, बिहिवार
२०८३ भाद्र २५ गते, बिहिवार
  • काठमाडौँ। मन्त्रीपरिषद बैठकले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्नेसहितका ७ निर्णय गरेको छ।

    images

    प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रीपरिषद बैठकले प्रधानमन्त्री शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्नेसहितका निर्णय गरेको हो।

    images

    प्रधानमन्त्री शाह असोज ६ देखि १० गतेसम्म हुने संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जाँदैछन्।

    यसैगरी बैठकले भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल–इन्डिया इन्टर–गभर्मेन्टल सब–कमिटिको बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने निर्णय पनि गरेको छ।

    यस्तै अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, काठमाडौँ, भक्तपुर, ललितपुर, सप्तरी र दाङ जिल्लाका कुल २७ स्थानीय तहका १७,४३८ गरिब घरपरिवारको सूची स्वीकृत गर्ने निर्णय गरेको छ।

    यसैगरी सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल (भक्तपुर), सदस्यमा रामशरण सापकोटा (मकवानपुर) र महिला सदस्यमा विष्णु घिमिरे रिमाल (काठमाडौँ) लाई नियुक्त गरेको छ भने नेपाल सरकारका सहसचिव विनोदबहादुर कुँवरलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको छ।

    बैठकले सहसचिव उत्तरकुमार खत्रीलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिव पदमा पदस्थापन गर्ने निर्णयसनेत भएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend