काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रीपरिषदको बैठक बोलाएका छन्।
प्रधानमन्त्री शाहले आज दिउँसो ३ बजेका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरबारमा बस्ने गरि बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो।
बैठकमा समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ भने भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकार खोज, उद्धार, उपचार, राहत र प्रभावित मानिसहरूको पुनस्थापनाका बारेसमेत छलफल हुनेछ।
सोही सन्दर्भमा प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रको खोज, उद्धार, राहत र पुनस्थापनालाई थप प्रभावकारी बनाउन र आवश्यक निर्णय गर्न यो बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको हो।



