मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

बाढीपछिको स्वास्थ्य प्रतिकार्यबारे स्वास्थ्य मन्त्रालयमा विज्ञसहित छलफल

बाढीपछिको स्वास्थ्य प्रतिकार्यबारे स्वास्थ्य मन्त्रालयमा विज्ञसहित छलफल

images
२०८३ भाद्र २४ गते, बुधवार
२०८३ भाद्र २४ गते, बुधवार
  • काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विज्ञ तथा सरोकारवालाको उपस्थितिमा बाढीपछिको स्वास्थ्य प्रतिकार्य,पुनर्स्थापना तथा आगामी तयारीबारे छलफल गरेको छ।

    images

    मन्त्री निशा मेहता र मन्त्रालयका सचिव डा.विकास देवकोटाको प्रमुख उपस्थितिमा सो छलफल आयोजना गरिएको हो।

    images

    छलफलमा विभिन्न स्वास्थ्य परिषद् तथा व्यावसायिक संघ–संस्था,पूर्व स्वास्थ्य सचिव तथा महानिर्देशक,स्वास्थ्य सेवा विभाग,इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा,स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (HEOC),स्वास्थ्य बीमा बोर्ड,लगायतका प्रतिनिधि तथा जनस्वास्थ्य विज्ञहरूको सहभागिता रहेको थियो।

    छलफलमा विपद् आउनुअघि नै तयारी, द्रुत प्रतिकार्य र दीर्घकालीन स्वास्थ्य पुनर्स्थापनालाई थप प्रभावकारी बनाउने विषयमा सुझाव लिइएको छ।

    विज्ञका सुझावलाई मन्त्रालयको आगामी कार्ययोजना र नीति निर्माणमा समेटिने जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend