मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

स्वास्थ्य मन्त्रालयबाट अनुमति प्राप्त मेडिकल कलेजहरुको शैय्या क्षमता सार्वजनिक

स्वास्थ्य मन्त्रालयबाट अनुमति प्राप्त मेडिकल कलेजहरुको शैय्या क्षमता सार्वजनिक

images
२०८१ मंसिर १३ गते, बिहिवार
२०८१ मंसिर १३ गते, बिहिवार
  • काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयबाट सञ्चालन अनुमति प्राप्त गरेका मेडिकल कलेज तथा विभागीय अस्पतालहरुको विवरण सार्वजनिक गरेको छ।

    images

    मन्त्रालयले तीन सय शैय्या बढी क्षमतामा मन्त्रालयबाट अनुमति लिएका त्यस्ता कलेजहरुले सञ्चालन गरेका अस्पतालहरुको शैय्या क्षमतासम्बन्धी विवरण सार्वजनिक गरेको हो।

    images

    मन्त्रालयसँग अनुमति प्राप्त गरेका मध्ये सबैभन्दा धेरै शैय्या रहेको मेडिकल कलेज भरतपुरस्थित चितवन मेडिकल कलेज रहेको छ। कलेजसँग पाँच सय शैय्या क्षमता छ।

    मन्त्रालयसँग चार सय शैय्या क्षमता सञ्चालनका लागि अनुमति पाएका मेडिकल कलेजको संख्या तीन छ।

    लुम्बिनी मेडिकल कलेज पाल्पा, लर्ड बुद्ध एजुकेशन एकेडेमी नेपालगञ्ज मेडिकल कलेज  तथा नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटीले चार सय शैय्या क्षमतामा अस्पताल सञ्चालनको अनुमति प्राप्त गरेका छन्।

    बाँकी मेडिकल कलेज तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका अस्पतालहरुले भने तीन सय शैय्या क्षमतामा अस्पताल सञ्चालनको अनुमति पाएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शैय्या अनुमतिका आधारमा सेवा सञ्चालन भए नभएको अनुगमनको तयारी गरिरहेको छ।

    क्षमताभन्दा बढी शैय्या सञ्चालन भए न भएको तथा बढी क्षमताबारे प्रचार भए नभएको स्थिती अनुगमन गरी आवश्यक कारबाही गर्ने मन्त्रालयले तयारी गरिरहेको प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend