मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

वीरगञ्जको नारायणी अस्पतालमा सञ्चालनमा आयो `क्याथ ल्याब´

वीरगञ्जको नारायणी अस्पतालमा सञ्चालनमा आयो `क्याथ ल्याब´

images
२०८३ भाद्र २४ गते, बुधवार
२०८३ भाद्र २४ गते, बुधवार
  • काठमाडौं। वीरगञ्जस्थित नारायणी अस्पतालमा `क्याथ ल्याब´ सेवा सञ्चालनमा आएको छ। लामो समयदेखि सञ्चालनमा आउन नसकेको क्याथ ल्याब गत भदौ १० गतेदेखि संचालनमा आएको हो।

    images

    क्याथ ल्याब सम्बन्धि उपकरण २०७६ चैतमा खरिद गरिएको थियो। ती उपकरण लामो समयसम्म जडान हुन नसक्दा सेवा सञ्चालनमा आउन सकेको थिएन।

    images

    स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उपकरण जडान गरी सेवा सञ्चालनमा ल्याउन निर्देशन दिएपछि गत असारदेखि जडान प्रक्रिया अघि बढाइएको थियो।

    उपकरण जडान सम्पन्न भई क्याथ ल्याब सञ्चालनमा आएपछि बिरामीले अस्पतालबाटै मुटुरोगसम्बन्धी विशिष्टीकृत सेवा लिन थालेका छन्।

    क्याथ ल्याब सेवा सञ्चालनमा आएपछि मधेस प्रदेश तथा आसपासका जिल्लाका सेवाग्राहीले मुटुसम्बन्धी विशिष्टीकृत उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता कम हुने र आफ्नै प्रदेशमा सहज रूपमा सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend