काठमाडौँ। नेपाल औषधि लिमिटेडको रिक्त महाप्रबन्धक पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै नेपाल औषधि लिमिटेडको रिक्त महाप्रबन्धक पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो।
लिमिटेडमा खुला प्रतिस्पर्धाका आधारमा महाप्रबन्धक नियुक्ति हुनेछ। महाप्रबन्धक नियुक्ति गर्न गठित सिफारिस समितिमार्फत मन्त्रालयले दरखास्त आह्वान गरेको हो।
उक्त पदका लागि तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मिति भदौ २३ गतेदेखि २१ दिनभित्र दरखास्त दिन सक्नेछन्।



