मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान

एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान

images
२०८३ भाद्र २३ गते, मंगलवार
२०८३ भाद्र २३ गते, मंगलवार
  • काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपाललाई एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलनको अवस्था कायम राखेकोमा सम्मान गरिएको छ।

    images

    टिमोर–लेस्टेको डिलीमा जारी बैठकमा नेपालबाट अतिरिक्त सचिव डा. संगीता कौशल मिश्राको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल सहभागी छ।

    images

    डब्ल्यूएचओले बलियो राष्ट्रिय प्रतिबद्धता, गुणस्तरीय खोप सेवा तथा सुरक्षित प्रसूति अभ्यासमार्फत उक्त उपलब्धि कायम राखेको भन्दै नेपाललाई सम्मान गरेको हो।

    डब्ल्यूएचओका महानिर्देशकले नेपालका प्रतिनिधिमण्डल प्रमुख डा. मिश्रालाई सम्मानपत्र हस्तान्तरण गरेका हुन्।

    सम्मानपत्रमा नेपालको उपलब्धिले दक्षिण–पूर्वी एसिया क्षेत्रमा मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राख्ने सामूहिक प्रयासमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख छ।

    भदौ १० गते देशमा आएको विनाशकारी बाढीका कारण स्वास्थ्य प्रतिकार्य, समन्वय तथा जीवनरक्षाका कार्यमा प्रत्यक्ष खटिनुपर्ने भएकाले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता भने बैठकमा सहभागी भइनन।

    कार्यक्रम सहभागी नभएपनि मन्त्री मेहताले भिडियो सन्देशमार्फत नेपालमा बाढीबाट सिर्जित संकट र प्रभावित जनसमुदायको अवस्थाबारे जानकारी गराउँदै जलवायु न्याय तथा स्वास्थ्यका लागि जलवायु वित्तको आवश्यकता औँल्याइन।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend