मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

हेलिकप्टरमार्फत ३ हजार ९७५ जनाको उद्धार

हेलिकप्टरमार्फत ३ हजार ९७५ जनाको उद्धार

images
२०८३ भाद्र २२ गते, सोमवार
२०८३ भाद्र २२ गते, सोमवार
  • काठमाडौँ। नेपाली सेनाले भोटेकोशी बाढी बाढीबाट प्रभावित विभिन्न क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको छ।

    images

    आइतबार साँझ ७ बजेसम्म नेपाली सेनाले हवाई साधनमार्फत थप १३ जनाको उद्धार गरेको जनाएको छ।

    images

    नेपाली सेनाका अनुसार हालसम्म हवाई साधनमार्फत स्वदेशी ३ हजार ६९८ र विदेशी २७७ गरी कुल ३ हजार ९७५ जनाको उद्धार गरिएको छ।

    यसैगरी सेनाले नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीमा पुल निर्माणको काम पनि गरिरहेको छ। सेनाको इन्जिनियरिङ फौजबाट खटिएको ५५ जनाको टोलीले पुल निर्माणलाई निरन्तरता दिइरहेको हो।

    यस्तै सेनाको नेतृत्वमा रहेको सुरक्षाकर्मीहरुको टोलीले रसुवाका विभिन्न जलविद्युत आयोजनामा बेपत्ता तथा प्रभावितको खोजी कार्य जारी राखेको छ।

    रसुवागढी जलविद्युत आयोजनामाComposite Quick Reaction Team तथा आयोजनाका प्रतिनिधिसहितको टोली पावरहाउस र कन्ट्रोल प्वाइन्टसम्म पुगेर खोजी कार्यमा जुटेको छ।

    त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको पावरहाउस तथा टनेल क्षेत्रमा नेपाली सेनाको टोलीले उद्धार उपकरणसहित निरन्तर खोज तथा उद्धार गरिरहेको हो।

    त्यस्तै, त्रिशूली–३ ‘बी’ आयोजनामा Audit-2 बाट प्रवेश गरेको टोली Audit-2 बाट बाहिरिएको छ। एक्साभेटर टनेलबाट लैजान सक्ने गरी बाटो सफा गर्ने काम भइरहेको र हालसम्म कुनै व्यक्ति फेला नपरेको सेनाले जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend