मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

बाढीपछि १ हजार ३५१ शव फेला

बाढीपछि १ हजार ३५१ शव फेला

images
२०८३ भाद्र २२ गते, सोमवार
२०८३ भाद्र २२ गते, सोमवार
  • काठमाडौँ। भोटेकोशीम आएको विनाशकारी बाढीमा परेर हालसम्म मृत्यु हुनेको संख्या १ हजार ३५१ पुगेको छ। बाढीका कारण विभिन्न जिल्लामा बगाएर पुगेका १ हजार ३५१ शव फेला परेको हो।

    images

    नेपाल प्रहरीले सार्वजनिक गरेको सोमबार बिहान ५ बजेसम्मको तथ्यांकअनुसार रसुवामा १६९, नुवाकोटमा १९६, धादिङमा ६९, चितवनमा ३६२, गोरखामा ७४, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२२ र नवलपरासी पश्‍चिम २२१ जना गरी एक हजार ३५१ जनाको शव फेला परेको हो।

    images

    फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना परिक्षण जारी छ। डिएनएको नमूनाको आवश्यक प्रक्रिया पूरा गरी हाल सम्म एक हजार ४४ वटा शवलाई माटोमुनी व्यवस्थापन गरिएको छ।

    प्रहरीका अनुसार शव पहिचानका लागि मृतकका एक हजार १८१ र आफन्तका एक हजार २३८ गरी कुल दुई हजार ४१९ वटा डिएनए नमुना सङ्कलन गरिएको छ।

    हालसम्म १ हजार २९३ वटा शवको पहिचान हुन सकेको छैन। पहिचान नभएका शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। त्यहाबाट ती शवहरु आफन्तले हेर्न सक्नेछन्।

    खोज तथा उद्धार पनि जारी

    बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९१२ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ।

    हालसम्म बेपत्ता भएका ३ हजार ९९२ जनाको खोजी कार्य भइरहेको छ। यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा ३ हजार १९० जना व्यक्तिहरूलाई राखिएको छ।

    प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend